काठमाठौ १ असार । अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएपछि प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सांसदहरू बैठक छाडेर बाहिरिएका छन् ।
बैठकमा प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले वेल घेराउ गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आसनमै उभिएर विरोध जनाइरहेको थियो ।
तर, केहीबेर अघि राप्रपाका सांसदहरू बैठक छाडेर निस्किएका हुन् ।
यस्तो अवस्थामा प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले आकस्मिक समय चलाइरहेका छन् ।
अर्थमन्त्री पौडेलले रोष्ट्रममा पुगेर आफ्ना कुरा राख्न थालेपछि एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सभामुखको ध्यानाकर्षण गराएका छन् ।








प्रतिक्रिया दिनुहोस्