ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बयानका लागि सहसचिव भट्टराई अख्तियारमा


abc news
असार १, २०८२ आईतबार  ११ : १५ बजे

काठमाठौ १ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय अध्यागमन कार्यालयका तत्कालिन प्रमुख अध्यागमन अधिकृत सहसचिव तिर्थराज भट्टराई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा पाँचौ पटकको बयानका लागि उपस्थित हुँदैछन् ।

भिजिट भिसा प्रकरणमा उनको अनुसनधान गरिरहेका एक अनुसन्धान अधिकृतले सहसचिव भट्टराईलाई आज बिहान १० बजे बयानका लागि बोलाइएको जानकारी दिए ।

भिजिट भिसामा सेटिङ गरेको उजुरीका आधारमा जेठ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै नियन्त्रणमा लिएको थियो । भट्टराईको त्यसको अघिल्लो दिन जेठ ६ गते गृह मन्त्रालयले सरुवा गरेको थियो । तर उनले रमना नबुझेकाले कार्यालयमा अख्तियारले छापा मार्दा नियन्त्रणमा परेका हुन् ।

भट्टराईले अख्तियारले नियन्त्रणमा लिने दिन अख्तियारको कार्यालय टंगालमा सामान्य बयान दिएका थिए । त्यो बाहेक उनले जेठ ८ गते बिहान १० बजे अख्तियारको टंगालस्थित कार्यालयमा पुगेर बयान दिएका थिए । त्यसदिन उनलाई उनीविरुद्ध परेको उजुरीबारे जानकारी गराएको थियो । प्रारम्भिक कुरामात्रै सोधेर करिब १५ मिनेटमा डिभाइसको ‘फरेन्सिक ल्याब रिपोर्ट’ आएपछि १० दिनपछि आउनु भन्दै पठायो । भट्टराईलाई नियन्त्रणमा लिदाँको दिन उनीसँग सम्बन्धित डिभाइस नियन्त्रणमा लिएको थियो ।

त्यसको १० दिन जेठ १८ गते पुग्थ्यो । तर त्यो दिन उपत्यकामा मत्स्येयन्द्रनाथको भोटो देखाउने दिन भएकाले सार्वजनिक बिदा थियो । त्यसपछि भट्टराई जेठ १९ गते अख्तियारको कार्यालयमा उपस्थित भए । त्यसदिन उनलाई अनुसनधान अधिकृतले पाँच प्रश्न सोधेका थिए । जुन उनीविरुद्ध परेको उजुरीसम्बन्धी केही थिए ।

त्यसपछि भट्टराईलाई २५ जेठमा बयानका लागि बोलाइएको थियो । जेठ २५ गते आइतबार भने उनको डिभाइसमा भेटिएका प्रमाणका बारेमा सामान्य बयान लिइएको थियो । आज पनि डिभाइसमा भेटिएका विषय र उजुरीसँग सम्बन्धित विषयमा बयान लिइने अख्तियार स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

बालेन सरकारलाई कार्यसूचीमा थप गर्न पूर्वप्रधानमन्त्री भट्टराईले दिए यस्ता सुझाव

एमालेले आज सबै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाउने, काठमाडौँमा कानुविद्हरूसँग अन्तक्रिया

भदौ २४ को घटनामा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णय

ओली र लेखकलाई आज अदालतमा पेश गरिँदै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com