ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँचथरको हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको ज्यान गयो


abc news
असार १, २०८२ आईतबार  १० : ४९ बजे

काठमाठौ १ असार । मेची राजमार्गमा पर्ने हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका ६ जनामध्ये तीन जना मजदुरको ज्यान गएको छ । पाँचथरको फिदीम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवा खोलामा निर्माणाधीन बेलिब्रिज हिजो बेलुका खसेको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार बेलिब्रिज खस्दा घाइते भएकामध्ये बाराको सिमरा उपमहानगरका २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको ज्यान गएको हो । दुर्घटनापछि घाइते उनीहरूलाई उपचारका लागि विराटनगरको नोबेल अस्पताल पठाइएको थियो ।

डाक्टरले उनीहरूलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ । फिदिमतर्फ राखिएको बेसदेखि ठेल्दै पारिपट्टि हिलिहाङ जग टेकाएको केहिबेरमै बेलिब्रिज खसेको थियो । बेलिब्रिज खस्दा छ जना घाइते भएका थिए । थप दुई जना मजदूरको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइते बाराको सिमरा उपमहानगर–१२ का २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिशेक चौधरीको विराटनगरमा उपचार भइहेको छ । मेची राजमार्गअन्तर्गत पाँचथर खण्डमा रहेको हेवा खोलाको पक्की पुल पहिलो पटक २०८० असार २ गतेको बाढीले बगाएपछि त्यहाँ पहिलो पटक बेलिब्रिज बनाइएको थियो ।

बेलिब्रिज २०८१ गत असोज १२ गते आएको बाढीले बगाएपछि दोस्रो पटक पुनः बेलिब्रिज हाल्न सङ्घीय सरकारले सडक डिभिजन इलाममार्फत प्रक्रिया अगाडि बढाएर दोभान सुपर सौगात लाइट बिल्डर्स जेभि नामक निर्माण व्यवसायी कम्पनीसँग सम्झौता गरेर काम गरिरहेको छ ।

पुल बगेपछि गाडी आवतजावत समेत बन्द भएको प्रहरीले जनाएको छ । बेलिब्रिज खसेसँगै वर्षायाममा पुनः मेची राजमार्ग भएर पाँचथर सदरमुकाम फिदिमदेखि ताप्लेजुङसँगै पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङ सडक सम्पर्क विच्छेदबाट हुने जोखिम छ । सत्तरी मिटर लामो बेलिब्रिजलाई प्राविधिकले ९मोडुलर ब्रिज० भन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

स्वास्थ्य बीमा ‘राष्ट्रिय गौरव’को बहस : गगन थापाको घोषणा, सम्भावना र चुनौती

इलाममा भूकम्पको धक्का

सम्बन्धित

स्वास्थ्य बीमा ‘राष्ट्रिय गौरव’को बहस : गगन थापाको घोषणा, सम्भावना र चुनौती

म यसकारण ‘विचौलिया’ –डा मिनेन्द्र रिजाल (भिडियो वार्ता)

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com