ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरान-इजरायल तनाव : चीनद्वारा इजरायलको निन्दा, इरानलाई अमेरिकाको चेतावनी


abc news

काठमाठौ ३१ जेठ । संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा शनिबार चीनका राजदूत फु कोङले इजरायलले इरानको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको उल्लंघन गरेको बताउँदै चीनले यसको निन्दा गर्ने बताएका छन्। उनले चीन वर्तमान अवस्थाप्रति गहिरो चिन्तित रहेको बताएका हुन् ।

यसले इरानको आणविक सम्झौतामा नकारात्मक प्रभाव पार्न सक्ने उनको भनाई थियो । स्थिति अझ बिग्रन नदिन फु कोङले इजरायललाई सबै सैन्य कारबाही तुरुन्तै बन्द गर्न अपिल गरे।

उनले आणविक अप्रसार सन्धि एनपीटी० मा हस्ताक्षरकर्ताको रूपमा इरानको आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोग गर्ने अधिकारको पूर्ण सम्मान गरिनुपर्ने बताए। चीन र इरान घनिष्ठ साझेदार हुन्, विशेष गरी ऊर्जा र विकास परियोजनाहरूमा।

गत मार्चमा चीनले इरान र रुसका उपविदेशमन्त्रीहरूलाई बेइजिङमा आमन्त्रित गरेको थियो । जहाँ उनीहरूले इरानको आणविक मुद्दामा छलफल गरे र यसमा लगाइएका प्रतिबन्धहरू हटाउन माग गरे।

यता, अमेरिकी ब्यूरो अधिकारी म्याककोय पिटले इरानमाथि आक्रमण गर्नुअघि इजरायलले अमेरिकालाई यसबारे जानकारी गराएको बताएका छन् । इजरायलले अमेरिकालाई यो कारबाही आफ्नो आत्मरक्षाको लागि आवश्यक रहेको भनेर बताएको उनको भनाई थियो।

‘यी आक्रमणहरूको बारेमा संयुक्त राज्य अमेरिकालाई पहिले नै जानकारी गराइएको थियो, तर यी अमेरिकाको कुनै सैन्य संलग्नता छैन,’ पिटले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई भने, ‘हाम्रो सर्वोच्च प्राथमिकता अमेरिकी नागरिक, कर्मचारी र सैन्य कर्मचारीहरूको सुरक्षा हो।’

यदि इरानले अमेरिकी जनता वा स्रोतसाधनमाथि आक्रमण गर्‍यो भने गम्भीर परिणाम भोग्नुपर्ने पिटले चेतावनी पनि दिए। उनले इरान वार्ताको लागि तयार होस् र यो मुद्दा शान्तिपूर्ण रूपमा समाधान होस् भन्ने अमेरिकाले चाहेको स्पष्ट पारे। पिटले भने, ‘इरानका नेताहरूले वार्ताको सहारा लिने यो सही समय हो।’

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो आणविक कार्यक्रममा सम्झौता गर्न आग्रह गरेका छन् । यदि यसो भएन भने इजरायलले अझ गम्भीर आक्रमण गर्न सक्ने ट्रम्पले चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com