ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज यी २४ जिल्लामा बाढीको जोखिम, ११ वटामा ‘एल्लो वारेन्ट’


abc news
जेष्ठ ३१, २०८२ शनिबार  ११ : ०५ बजे

काठमाठौ ३१ जेठ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ९जेठ ३१, शनिबार० कुन(कुन जिल्लामा बाढीको खतरा छ भन्ने विषयमा जानकारी गराएको छ।

बाढी महाशाखाका अनुसार आज देशका २४ जिल्ला र आसपासका क्षेत्रमा बाढी आउने सम्भावना छ।

महाशाखाको बुलेटिनमा भनिएको छस् आज इलाम, धनकुटा, तेह्रथुम, पाँचथर, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, ओखलढुंगा, झापा, मोरङ, सुनसरी, धनुषा, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बैतडी, दार्चुला, बझाङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने केही ससाना नदीहरूमा बहाब बढ्ने सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।

यीमध्ये पनि ११ वटा जिल्लाका लागि भने बाढी महाशाखाले पहेँलो चेतावनी अर्थात् एल्लो वारेन्ट दिएको छ। महाशाखाले आज बाढीको जोखिमका हिसाबले गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बैतडी, दार्चुला, बझाङ, डोटी र डडेलधुरा जिल्लालाई पहेँलो रङ दिएको हो। यसको अर्थ सामान्यभन्दा अलि बढी मध्यम जोखिम छ भन्ने हो।

यस्तै आज शुक्रबारदेखि आइतबारसम्म कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन आवश्यक रहेको बाढी महाशाखाले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

म यसकारण ‘विचौलिया’ –डा मिनेन्द्र रिजाल (भिडियो वार्ता)

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com