ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहमदाबाद विमान दुर्घटना: शवको संख्या २७० पुग्यो, ब्ल्याक बक्स भेटियो


abc news

काठमाडौ ३० जेठ । भारतीय राज्य गुजरातको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको ठाउँबाट अहिलेसम्म २७० वटा शव निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

तीमध्ये एयर इन्डियाको विमानमा सवार चालक दलका १२ सदस्य र २२९ यात्रु हुन् भने बाँकी मृतक विमानबाहिरका हुन्।

विमान बाहिरका मृतकमध्ये ५ जना विमान दुर्घटना भएको बीजे मेडिकल कलेज होस्टेलका हुन्। विमान खस्दा होस्टेलमा ५० भन्दा बढी मानिस रहेको बताइएको छ।

मृतकमा राजस्थानका १३, मध्यप्रदेश, हरियाणा र बिहारका एक(एक जना छन्। मृतकमध्ये अहिलेसम्म ७ जनाको शव डीएनए परीक्षणपछि आफन्तहरूलाई हस्तान्तरण गरिएको छ।

गुजराजका पूर्वमुख्यमन्त्री रुपानीको शव पनि अहिलेसम्म पहिचान हुन सकेको छैन। मृतकको पहिचान गर्न उनीहरूका आफन्तहरूको डीएनए परीक्षण भइरहेको छ।

यसैबीच विमान दुर्घटना भएको २७ घण्टापछि विमान दुर्घटना अनुसन्धान ब्युरो ९एएआईबी० ले शुक्रबार ब्ल्याक बक्स फेला पारेको छ। यो होस्टेलको छतमा फेला परेको हो। यसबाट दुर्घटना हुनुभन्दा अघि अन्तिम समयमा के भएको थियो भन्ने कुरा थाहा हुनेछ।

एयर इन्डियाको त्यस विमानमा चालक दलका १२ सदस्यसमेत गरेर जम्मा २४२ जना थिए। तीमध्ये मात्र एक यात्रु बाँचे भने अरू सबैको मृत्यु भयो। साथै विमान खसेर लाग्दा दुर्घटनास्थलमा रहेका अन्य मानिसहरूको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि रातमा १२ घण्टा गाडी चलाउन रोक

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

सम्बन्धित

छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई दिने सुविधामा पुनर्विचार गर्दैछौँ – गृहमन्त्री

फिनल्यान्ड र आयरल्यान्डका लागि गैरआवासी राजदूत नियुक्त

च्यासलमा एमाले सचिवालय बैठक

उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ

वाइसिएललाई प्रचण्डको निर्देशन- तयार रहनू

धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदल मार्ग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com