ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहमदाबाद विमान दुर्घटना: शवको संख्या २७० पुग्यो, ब्ल्याक बक्स भेटियो


abc news
जेष्ठ ३०, २०८२ शुक्रबार  ७ : ४१ बजे

काठमाडौ ३० जेठ । भारतीय राज्य गुजरातको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको ठाउँबाट अहिलेसम्म २७० वटा शव निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

तीमध्ये एयर इन्डियाको विमानमा सवार चालक दलका १२ सदस्य र २२९ यात्रु हुन् भने बाँकी मृतक विमानबाहिरका हुन्।

विमान बाहिरका मृतकमध्ये ५ जना विमान दुर्घटना भएको बीजे मेडिकल कलेज होस्टेलका हुन्। विमान खस्दा होस्टेलमा ५० भन्दा बढी मानिस रहेको बताइएको छ।

मृतकमा राजस्थानका १३, मध्यप्रदेश, हरियाणा र बिहारका एक(एक जना छन्। मृतकमध्ये अहिलेसम्म ७ जनाको शव डीएनए परीक्षणपछि आफन्तहरूलाई हस्तान्तरण गरिएको छ।

गुजराजका पूर्वमुख्यमन्त्री रुपानीको शव पनि अहिलेसम्म पहिचान हुन सकेको छैन। मृतकको पहिचान गर्न उनीहरूका आफन्तहरूको डीएनए परीक्षण भइरहेको छ।

यसैबीच विमान दुर्घटना भएको २७ घण्टापछि विमान दुर्घटना अनुसन्धान ब्युरो ९एएआईबी० ले शुक्रबार ब्ल्याक बक्स फेला पारेको छ। यो होस्टेलको छतमा फेला परेको हो। यसबाट दुर्घटना हुनुभन्दा अघि अन्तिम समयमा के भएको थियो भन्ने कुरा थाहा हुनेछ।

एयर इन्डियाको त्यस विमानमा चालक दलका १२ सदस्यसमेत गरेर जम्मा २४२ जना थिए। तीमध्ये मात्र एक यात्रु बाँचे भने अरू सबैको मृत्यु भयो। साथै विमान खसेर लाग्दा दुर्घटनास्थलमा रहेका अन्य मानिसहरूको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com