ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजको राज्य लथालिङ्ग हुनुको सबै भन्दा बढी जिम्मेवार माओवादी हो – विप्लव


abc news

काठमाडौ ३० जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवुले अहिलेको राज्य लथालिङ्ग हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी भएको बताएका छन् ।

नेसपा नयाँ शक्तिको १०औँ स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा विप्लवले क्रान्तिपछि राज्यसत्तामा पुगेका व्यक्तिहरू नै सत्तालिप्सामा लाग्दा यस्तो समस्या आएको बताएका हुन् ।

‘हामी कलेज छोडेर प्रचण्ड, किरण, बाबुराम, बादल, सिपी गजुरेलको पछि लागेर जनयुद्धमा होमिएका हौँ । क्रान्तिपछि राज्य पुनर्संरचना कस्तो हुनुपर्छ भन्नेमा हामी चुक्यौँ । माओवादीले जस्तो राज्य चाहेको थियो, त्यस्तो हुन सकेन । तर अर्थप्रणाली कस्तो हुनुपर्छ भन्नेमा देखाउन सकिन्थ्यो’, उनले भने, ‘आजको राज्यको लथालिङ्ग हुनुमा सबैभन्दा जिम्मेवार माओवादी हो । नितान्त माओवादी मन्त्री, प्रधानमन्त्री लगायत राज्यका पद बाँडफाँटमा लिप्त भए । क्रान्तिपछि सबैभन्दा विचलित भएको युवाहरू रहेका छन् । गणतन्त्रलाई योगदान गरेका मान्छेहरूको घरमा खाने अन्न छैन । पुरानै सामन्ती फर्किएर आइसकेका छन् । त्यस कारण राज्यका संरचना नै अधुरो छ ।’

नयाँ शक्तिले पेस गरेको कार्यपत्रमा अग्रगामी परिवर्तन, आत्मनिर्भर सहितको समृद्धि, जनयुद्धको योगदान, राष्ट्रिय स्वाधीनता, आजको राज्यसत्ता र श्रमिकबिचको मुख्य अनन्तर विरोधलाई समेट्न विप्लवले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि रातमा १२ घण्टा गाडी चलाउन रोक

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

सम्बन्धित

फिनल्यान्ड र आयरल्यान्डका लागि गैरआवासी राजदूत नियुक्त

च्यासलमा एमाले सचिवालय बैठक

उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ

वाइसिएललाई प्रचण्डको निर्देशन- तयार रहनू

धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदल मार्ग

नेपालगन्ज औद्योगिक क्षेत्रमा ठाउँ मात्रै ओगटेका ३ उद्योगलाई हटाउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com