काठमाडौ ३० जेठ । प्रतिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे जवाफ दिइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू भने बेल घेराउ गर्न पुगेका छन्। उनीहरूले गृहमन्त्रीमाथि कारबाही गर, राजीनामा दे भन्दै बेल घेराउ गरेका हुन्।
रास्वपाले सत्ता र प्रमुख प्रतिपक्षबीच भएको दुईबुँदे सहमतिलाई अस्वीकार गरेको छ। आज मात्रै कांग्रेस, माओवादी र एमालेले सदन खुलाउन दुई बुँदे सहमति गरेका थिए।
प्रतिक्रिया दिनुहोस्