ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

औषधि मूल्य प्रतिवेदनविरुद्ध १० संघसंस्थाको विरोध, विभागमा धर्ना


abc news

काठमाडौ ३० जेठ । औषधिको मूल्यमा सुझाव दिन गठित औषधि नीति सुझाव समितिले २७ जेठमा स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई बुझाएको प्रतिवेदनको विरोधमा औषधिसम्बद्ध १० वटा व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा उत्रिएका छन् ।

प्रतिवेदन खारेज वा पुनर्लेखनको माग गर्दै आएका औषधि व्यवसायीहरू सरकारलाई अल्टिमेटम दिँदै आएका थिए ।

तर, सरकारको तर्फबाट कुनै सुनुवाइ नभएपछि शुक्रबार उनीहरू औषधि व्यवस्था विभागको परिसरमा जम्मा भई विरोधमा उत्रिएका हुन् ।

विरोधस्वरूप बिहान ११ बजेदेखि १ बजेसम्म उनीहरूले मुखमा कालोपट्टी बाँधेर मौन धर्ना दिएका छन् ।

औषधि उत्पादक संघ, औषधि व्यवसायी संघ, नेपाल आयातकर्ता संघसहित १० वटा संस्थाले संयुक्त रूपमा आन्दोलन थालेका हुन् । औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बरालले सरकारले आवाज नसुनेपछि बाध्य भएर आन्दोलन सुरु गर्नुपरेको बताए ।

‘हाम्रो मागलाई सरकारले बेवास्ता गरेपछि हामी आजदेखि विरोधमा उत्रियौं,’ उनले अनलाइनखबरसँग भने, ‘भोलि १० वटा संस्थाबीच छलफल गरी चरणबद्ध आन्दोलनको थप घोषणा गर्नेछौं ।’

विराटनगर, वीरगञ्ज र नेपालगञ्जमा रहेका औषधि व्यवस्था विभागका शाखा कार्यालयहरूमा पनि बिहीबार समान कार्यक्रम आयोजना गरिएको बरालले जानकारी दिए ।

उद्योगी व्यवसायीहरूको आरोप छ, ‘डा। पोषराज पाण्डेको संयोजकत्वमा गठित समितिले ८ महिना लगाएर तयार पारेको प्रतिवेदनले औषधि व्यवसाय तहस–नहस पार्ने खतरा छ ।’

प्रतिवेदनमा औषधिको मूल्य प्रत्येक वर्ष घटाउने प्रस्ताव गरिएको र भारतबाट आयात हुने औषधिको मूल्य बराबर राख्नुपर्ने माग व्यवसायीहरूको छ । ‘यो प्रतिवेदन लागु भए औषधि आयातै बन्द हुने खतरा छ,’ बरालले भने ।

व्यवसायीहरूले औषधिको मूल्य मात्रै होइन, गुणस्तरमा ध्यान दिनुपर्ने माग गरेका छन् ।

‘औषधिको सस्तो नाराले गुणस्तर खस्कन्छ,’ बरालले तर्क गरे, ‘भारतमा लागु हुने मूल्य निर्धारण विधि नेपालमा पनि लागु हुनुपर्छ ।’

व्यवसायीहरूले प्रतिवेदन लागु भए एक महिनाभित्र औषधिको अभाव हुने चेतावनीसमेत दिएका छन्। औषधि मूल्य परामर्श परिषद्को निर्णयअनुसार २ माघ २०७५ मा गठन गरिएको समितिले प्रतिवेदन बुझाइसकेको भए पनि सरकार र मन्त्रालयले बेवास्ता गर्दै आएको औषधि स्वास्थ्य सेवा तथा सामग्री सरोकार समितिको आरोप छ।

व्यवसायीहरूले औषधिको मूल्य निर्धारण, वितरण प्रणाली सुधार, गुणस्तर, आपूर्ति र व्यवस्थापनसम्बन्धी सिफारिसहरू तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

चलचित्र “चे”ले जित्यो विशेष चलचित्र पुरस्कार

काम नगर्ने ठेकेदार कम्पनीहरूलाई धमाधम कालोसूचीमा राख्दै छौँ- मन्त्री दाहाल

प्रचण्डलाई ओलीको जवाफ– ‘तपाईंका न कुनै वाचा, न कुनै निर्णय, न कुनै काम’

विपक्षीको बहिष्कारबीच मधेशको बजेट पारित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

प्रधानमन्त्रीलाई गगन थापाको आग्रह- सामान्य प्रशासन मन्त्रीलाई तत्काल बर्खास्त गर्नुस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com