ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलासँग रंगेहात पक्राउ परेका मालपोतका कर्मचारीको कोठाबाट कार्यालयको कागजातको ठेली बरामद


abc news
जेष्ठ ३०, २०८२ शुक्रबार  ५ : ०६ बजे

काठमाडौ ३० जेठ । सिरहा सदरमुकामस्थित मालपोत कार्यालयका कर्मचारी राजकुमार रायको कोठाबाट कार्यालयका सरकारी कागजातको ठेलीहरू बरामद गरिएको छ ।

सिरहा नगरपालिका(७ स्थित भाडामा लिएर बस्दै आएका कर्मचारी राय विहीबार एक महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ परेका थिए । उनको कोठामा आज प्रहरीले छापा मारेको हो ।

एक महिलाले रायले आफूसँग शारीरिक सम्बन्ध राख्दै आएको र मानसिक यातना दिएको भन्दै दिएको उजुरीको आधारमा प्रहरी रायको कोठा पुगेको थियो ।

पक्राउपछि अनुसन्धानको क्रममा आज उनको कोठामा खानतलासी गर्दा मालपोतका कागजातहरू भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासमानले राय बस्दै आएको कोठामा खानतलासी गरिएको र बरामद कागजातमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाएको नेपाल प्रेसलाई बताए ।

खानतलासीको क्रममा सँगै रहेका वडा नम्बर ७ का वडाध्यक्ष विनोद यादवले रायको कोठाबाट मातपोत कार्यालयका ठेलीहरू बरामद गरिएको जानकारी दिए ।

उनले भने, ‘सरकारी कागजात त कोठामा राख्न मिल्दैन । तर, रायको कोठाबाट मालपोतका धेरै कागजात भेटिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com