काठमाडौ २९ जेठ । प्रमुख प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउने लिखित प्रतिबद्धता आए संसद् खोल्न तयार रहेको बताएका छन् ।
दिउँसो बसेको प्रतिपक्षी दलहरूको बैठकले सत्ता साझेदार दलहरूले समिति बनाउन लिखित प्रतिबद्धता गरे संसद् चल्न दिने निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रमुख सचेक हितराज पाण्डेले जानकारी दिए ।
प्रतिपक्षी दलहरूको यही निष्कर्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुखलाई सुनाएका थिए ।
सभामुखले सत्ता पक्षका दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूलाई सुनाएपछि अहिले आफ्नो धारणा तय गर्न ती दुई दलको बैठक बसिरहेको छ । सत्ता पक्षका दलहरू छानबिन समिति बनाउन नहुनेमा छन् ।
प्रतिपक्षी दलहरू भने एक कदम पछि हटेर अहिले तत्काल छानबिन समिति नबनाए पनि छानविन समिति बनाउने प्रतिबद्धता आए संसद खोल्न सकिने बताएका हुन् ।
प्रतिपक्षी दलहरूको प्रस्तावमा सत्ता पक्षले छलफल गर्नुपर्ने भएपछि प्रतिनिधि सभाको बैठक साढे ५ बजेसम्मका लागि सरेको छ ।








प्रतिक्रिया दिनुहोस्