काठमाडौ २९ जेठ । प्रतिनिधिसभाको जारी अवरोध हटाउनेबारे सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ।
छलफलमा उपसभामुख इन्दिरा रानामगर र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने अडानसहित विपक्षीले सदन अवरोध गरिरहेका हुन्। विपक्षीले जेठ १३ गतेदेखि सदन अवरुद्ध पार्दै आएको हो।
जेठ १५ गते बजेट पेस गर्न भने दिएको विपक्षीले त्यसयताको सबै बैठकमा विरोध जनाउँदै आएको छ। सत्तापक्षले भने गृहमन्त्रीमाथि छानबिन हुन नसक्ने दोहोर्याउँदै आएको छ।







प्रतिक्रिया दिनुहोस्