ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता


abc news
जेष्ठ २९, २०८२ बिहीबार  ३ : ०९ बजे

काठमाडौ २९ जेठ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलबीच कार्यपालिका बैठक सञ्चालन गर्ने सहमति भएको छ । मेयर र उपमेयरबीच तीन महिनापछि भएको भेटवार्तापछि कार्यपालिका बैठक बोलाउने सहमति भएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

राष्ट्रिय सभागृहमा भएको भेटमा मेयर शाह, उपमेयर डङ्गोल, प्रवक्ता एवम् वडा नम्बर १७ का अध्यक्ष मानन्धरसहित वडा नम्बर १५ र ३२ का अध्यक्षहरूको सहभागिता थियो । बैठकको मिति तय नभएको तर छिटै बैठक बोलाउने सहमति भएको मानन्धरले बताउनुभयो ।

मेयर–उपमेयरबीच गएको पुसदेखि नै खटपट शुरू भएकोमा पछिल्लो तीन महिनामा भने भेट नै भएको थिएन । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँगको विवादपछि मेयर र उपमेयर, प्रवक्ताबीचको दुरी बढेको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले काठमाण्डौ टावरको प्रक्रिया नपुर्‍याई नक्शा पास गरेको आरोपसँगै २०८१ सालको पुसमा विवाद उत्पन्न भएको थियो । त्यसपछि मेयर शाहले गुरागाईंमाथि छनबिन शुरू गर्दै अर्को प्रशासकीय अधिकृत पठाउन सङ्घीय सरकारलाई पत्राचार गरे पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई नै काम गर्ने वातावरण मिलाउन भन्दै महानगरलाई पत्र पठाएको थियो । मेयर शाहले हाजिर गराउन नमानेपछि उपमेयर डङ्गोलसहितका जनप्रतिनिधि र कर्मचारीले गुरागाईंलाई हाजिर गराएका छन् ।

काठमाण्डौ महानगरमा गएको पुस ८ गतेपछि कार्यपालिका बैठक बस्न सकेको छैन । बैठक बस्न नसक्दा असार मसान्तभित्र ल्याउनुपर्ने महानगरको बजेट नै अन्योलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com