ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुस्ताङलाई नमूना जिल्लाको रूपमा विकास गर्ने स्पष्ट योजना माओवादी केन्द्रसंग छ – अध्यक्ष प्रचण्ड


abc news
जेष्ठ २९, २०८२ बिहीबार  २ : १३ बजे

काठमाडौ २९ जेठ । हामी जनताको हितका लागि काम गर्छौं। तर कांग्रेस र एमाले बिचौलिया र दलालका लागि काम गरिरहेका छन् मुस्ताङ, २०७८ असार २८– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मुस्ताङ जिल्ला का विभिन्न पालिका पार्टी सदस्यहरूको संयुक्त सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले मुस्ताङलाई नमूना जिल्लाको रूपमा विकास गर्ने स्पष्ट योजना रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले मुस्ताङको वस्तुगत अवस्था बुझ्न स्थलमार्ग हुँदै गाउँगाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरेका छौँ। जनताका समस्या बुझेका छौँ र अब समाधानमा इमानदारीपूर्वक लाग्न आवश्यक छ।”

अध्यक्ष प्रचण्डले माओवादी पार्टी अन्य पार्टीहरूसँग फरक रहेको स्पष्ट गर्दै भन्नुभयो, “माओवादी अरुजस्तो पार्टी होइन। हामी जनताको हितका लागि काम गर्छौं। तर कांग्रेस र एमाले बिचौलिया र दलालका लागि काम गरिरहेका छन्।”

कार्यक्रममा प्रचण्डले माओवादी नेता तथा कार्यकर्ताहरुलाई जनतामा पुग्न, जनताको आत्मसम्मान जोगाउन र समस्या समाधानमा सक्रिय भूमिका खेल्न निर्देशन दिनुभयो।

“हामी यहाँ केही उद्देश्य लिएर आएका छौँ,” अध्यक्ष प्रचण्डले भन्नुभयो, “मुख्य उद्देश्य भनेको मुस्ताङलाई कसरी अघि बढाउने भन्ने हो। विकास र समृद्धिको यात्रामा माओवादी केन्द्र प्रतिबद्ध छ।”

कार्यक्रममा सहभागी माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरूले पनि आफ्नो कार्यकालमा विकासका कार्यलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। कार्यक्रममा जिल्लाका विभिन्न पालिकाकामा माओवादी केन्द्रको नेतृत्व गर्ने अध्यक्ष, उपाध्यक्ष, पार्टी सदस्य्हरू लगायत स्थानीय बासिन्दाको समेतको उपस्थिति रहेको थियो।

मुस्ताङको भौगोलिक कठिनाइलाई मध्यनजर गर्दै दीर्घकालीन योजना बनाएर अघि बढ्न आवश्यक रहेको समेत अध्यक्ष प्रचण्डले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com