काठमाडौ २८ जेठ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जारी २४ औँ राष्ट्रिय सम्मेलनमा अध्यक्षका लागि २ जनाको उम्मेदवारी परेको छ।
अध्यक्षका लागि सुजन डा।सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएसँगै उनीहरुबीच नै चुनावी भिडन्त हुनेछ। त्यस्तै महासचिवमा ३ जनाको उम्मेदवारी परेको छ।
जसमा दीपक धामी, आरके रोमस र सुनिल कंडेलले उम्मेदवारी रहेको छ।
त्यस्तै उपाध्यक्षमा त्यस्तै उपाध्यक्ष खुल्ला एक पदका लागि ५ जना, उपाध्क्ष महिला १ पदका लागि ४ जना, उपमहासचिव १ पदका लागि ३ जना र सचिव ४ पदका लागि ३६ जनाको उम्मदेवारी परेको निर्वाचन कमिटीले जनाएको छ।
सम्मेलनबाट १५१ सदस्यीय केन्द्रीय कमिटी बनाइने छ। त्यस्तै विभिन्न आयोगमा पदाधिकारी र सदस्य समेत निर्वाचित हुनेछन्।
उम्मेदवारीमाथि आजै दावी विरोधगरी अन्ति नामावली प्रकाशन गरेर मतदान गर्ने निर्वाचन तालिका रहेको छ।








प्रतिक्रिया दिनुहोस्