ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीडीपीमा मत्स्य क्षेत्रको योगदान शून्य दशमलव ४४ प्रतिशत


abc news
जेष्ठ २८, २०८२ बुधबार  ५ : ०७ बजे

काठमाडौ २८ जेठ । नेपालमा मत्स्य क्षेत्रले राष्ट्रिय ग्राहस्थ उत्पादन जीडीपी०मा शून्य दशमलव ४४ प्रतिशत र कृषिको जीडीपीमा एक दशमलव ८३ प्रतिशत योगदान पुर्‍याउँदै आएको पाइएको छ । नदी, ताल तथा धानको खेतलगायतमा माछापालन गर्न सकिने अवस्था छ ।

मत्स्य उत्पादनको आर्थिक तथा सामाजिक पक्ष र जीविकोपार्जनका अतिरिक्त मानव स्वास्थ्यसँग महत्व रहेको विज्ञले बताएका छन् । मत्स्यपालन क्षेत्रलाई जोड दिएर किसानको आयस्तर बढाउन पहल गर्नुपर्ने सम्बन्धित निकाय र किसान अगुवाले बताएका छन् ।

दिगो विकासको लक्ष्य र कृषि विकास रणनीति र चालू आवधिक १६औँ योजनाको लक्ष्य हासिल गर्न पनि मत्स्य क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउनुपर्ने खाँचो रहेको सरोकारवालाले बताएका छन् । मत्स्य क्षेत्रका सरोकारवाला निकाय र किसानबीच समन्वय तथा सहकार्यबारे नार्कको राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान, खुमलटार ललितपुरले आज कार्यक्रम गरेको हो । कार्यक्रममा माछा व्यवसायको सम्भावना, उत्पादन र चुनौतीलगायतका विषयमा छलफल भयो ।

कार्यक्रममा माछापालन व्यवसायमा आवद्ध सिन्धुपाल्चोकका अगुवा किसान दिपक लामिछानेले माछापालन व्यवसायलाई सरकारले आवश्यक सहयोग नगरेको गुनासो समेत गर्नुभयो । कृषि तथा पशुसेवाका कार्यालयले प्रचार प्रसारका कार्यक्रम गर्दा गाईभैँसी, अन्य पशुचौपाया र कृषि उपजको प्रचार गर्ने गरेको भए पनि माछाको प्रचार र बजार सम्भावनाबारे जानकारी पुग्न नसकेको उहाँको भनाइ छ । जिउँदो माछा बोक्ने आधुनिक गाडीको व्यवस्था नहुन पनि समस्या रहेको अगुवा किसान लामिछानेले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com