ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प र सीले अनुमोदन गर्ने योजनासहित अमेरिका–चीन वार्ता सम्पन्न


abc news
जेष्ठ २८, २०८२ बुधबार  १० : २९ बजे

काठमाडौ २८ जेठ । अमेरिका र चीनले विश्वका दुई ठूला अर्थतन्त्रहरूबीचको व्यापार तनाव कम गर्ने ढाँचामा सैद्धान्तिक रूपमा सहमति भएको बताएका छन् । अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले यो सम्झौताले दुर्लभ पृथ्वी खनिज र चुम्बकहरूमा प्रतिबन्धहरू समाधान गर्नुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

दुवै पक्षले अब यो योजनालाई अनुमोदनका लागि आफ्ना देशका राष्ट्रपतिहरू – डोनाल्ड ट्रम्प र सी जिनपिङकहाँ लैजाने बताएका छन् । अमेरिका र चीनका शीर्ष अधिकारीहरूबीच बेलायतको लन्डनमा दुई दिन व्यापार वार्ता भएको हो ।

आधुनिक प्रविधिका लागि महत्त्वपूर्ण रहेका दुर्लभ पृथ्वी खनिजहरूको चिनियाँ निर्यात बैठकको प्रमुख मुद्दा रहेको खबरमा उल्लेख छ ।

गएको महिना अमेरिका र चीनले व्यापार शुल्कमा अस्थायी युद्धविराममा सहमति जनाएका थिए तर त्यसपछि दुवै देशले एकअर्कालाई सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।

चीनले स्मार्टफोनदेखि विद्युतीय गाडीसम्मको उत्पादनका लागि आवश्यक पर्ने दुर्लभ पृथ्वी धातु र चुम्बकको निर्यात जारी गर्न ढिलाइ गरेको अमेरिकाले बताएको छ । यसैबीच अमेरिकाले अर्धचालक र कृत्रिम बुद्धिमत्ता ९एआई० सँग जोडिएका अन्य सम्बन्धित प्रविधिहरूजस्ता अमेरिकी सामानहरूमा चीनको पहुँचलाई प्रतिबन्धित गरेको छ ।

यो सम्झौतालाई ट्रम्प र सीले यसलाई अनुमोदन गरेपछि कार्यान्वयनको बाटोमा लैजाने अमेरिकी वाणिज्य सचिवले पत्रकारहरूसँग बताउनुभएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com