काठमाठौ २७ जेठ । आर्थिक वर्ष २०८१र८२ को १० महिनामा विप्रेषण आप्रवाह १३।२ प्रतिशतले वृद्धि भई १३ खर्ब ५६ अर्ब ६१ करोड पुगेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०।५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको हो।
समीक्षा अवधिमा खुद द्वितीय आय खुद ट्रान्सफर० १४ खर्ब ७९ अर्ब ८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब १ अर्ब ७५ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या ४ लाख ५ हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ७३ हजार ३०७ र २ लाख ३६ हजार ३९८ रहेको थियो।








प्रतिक्रिया दिनुहोस्