काठमाठौ २६ जेठ । राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध सोमबार ९जुन ९० देखि लागु भएको छ।
ट्रम्पले गत हप्ता नै हस्ताक्षर गरेको आदेशअनुसार अब अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिक अमेरिका जान पाउने छैनन्।
यस्तै आजैदेखि अन्य ७ देश( बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलालगायत अन्य सात देशका नागरिकलाई पनि अमेरिका यात्रामा आंशिक प्रतिबन्ध लगाइएको छ।
आफ्ना नागरिकलाई खतरनाक विदेशी तत्त्वुबाट जोगाउन यस्तो प्रतिबन्ध लगाइएको दाबी अमेरिकाले गरेको छ।
आफ्नो पहिलो कार्यकालमा सन् २०१७ मा पनि ट्रम्पले यस्तै आदेशमा हस्ताक्षर गरेका थिए।
अमेरिको विदेश मन्त्रालयअनुसार, पूर्ण प्रतिबन्ध लगाइएका देशका अधिकांश नागरिक अमेरिका प्रवेश नै गर्न पाउँदैनन्।
तर आंशिक प्रतिबन्धमा केही विशेष प्रकारका भिसा वा प्रवेशमा मात्र रोक लगाइन्छ।
जस्तैः इमिग्रेसन भिसा नदिइए पनि पर्यटक भिसा प्राप्त गर्न सकिन्छ। विद्यार्थीलाई अनुमति दिइन्छ, तर वर्क पर्मिटसहितको भिसामा रोक लाग्न सक्छ।
प्रतिक्रिया दिनुहोस्