काठमाठौ २६ जेठ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले गाउँ रित्तिसकेको र गाउँमा बस्न कोही तयार नरहेको उल्लेख गरे।
‘बीपी कोईरालाले गाउँको विकास गर्नुपर्छ भन्नुहुन्थ्यो, तर अब अहिले गाउँ नै रित्तिसक्यो,’ देउवाले भने, ‘गाउँ छैन। कोही गाउँमा बस्न तयार छैन। सबै तराईमा आइसकेका छन्। पहाडमा बस्न कोही तयार छैनन्। पहाडमा सुविधा दिन सकेको खण्डमा पहाड सुन्दर र सफा छ। हावापानी राम्रो छ। सुविधाहरु पनि त्यस्तै हुनुपर्दछ।’
उनले जलवायु परिवर्तनका कारण नेपालमा धेरै ठूलो असर परिरहेको बताए। हिउँ पग्लिरहेको, हिमाल नाङ्गो भइसकेको भन्दै देउवाले यसले भविष्यमा नेपाललाई ठूलो असर पर्ने उल्लेख गरे।
देउवाले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको असरलाई नमान्ने गरेको र बेकारको कुरा भनिरहेको भन्दै त्यो पेरिस सम्झौताको विरुद्धमा टिप्पणी गरे।








प्रतिक्रिया दिनुहोस्