काठमाठौ २६ जेठ । नेकपा माओवादी केन्द्र का सांसद शक्ति बस्नेतले भिजिट भिसामार्फत हुने गरेको मानव तस्करीको समस्या समाधान गर्नेमा सत्ता र प्रतिपक्षी दलहरु एक ठाउँमा रहेको बताएका छन्।
सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले तर कसले गर्ने भन्ने कुरामा सहमति नहुँदा संसदको गतिरोध अन्त्य हुन नसकेको जानकारी दिए।
‘भिजिट भिसा प्रकरणको समस्याबारे सबैमा एकरूपता नै देखिन्छ,’ बस्नेतले भने, ‘यसको तत्कालीन र दीर्घकालीन समाधानको खोजी गनुपर्छ भन्ने कुरामा पनि कुनै समस्या र विमति रहेन। तर कसले गर्ने, कसरी गर्ने भन्ने विषयमा छलफल गन बाँकी छ। भोलि हामी यो विषयमा सघन ढंगले छलफल गर्ने उद्देश्यले पर्सिलाई बैठक सारेका छौँ।’
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रतिपक्षी दलहरूले गत जेठ १३ देखि संसद् अवरुद्ध गर्दै आएका छन्।








प्रतिक्रिया दिनुहोस्