ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाईसीएललाई प्रचण्डको निर्देशन, सबै खाले प्रतिगमन विरुद्ध खरो र दह्रो साबित गर्नुस्


abc news
जेष्ठ २६, २०८२ सोमबार  २ : २७ बजे

काठमाठौ २६ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् ।

नवनिर्वाचित योङ कम्युनिष्ट लिग वाईसीएल नेपाल० का पदाधिकारीलाई मंगलबार सम्बोधन गर्दै उनले प्रतिक्रियावादी र प्रतिगमनकारीहरूले यस्तो प्रयास गरिरहेको बताए पनि ती शक्ति को हुन् भनेर खुलाएनन् ।

‘अब कहीँ न कहीँ प्रतिक्रियावादी, प्रतिगमनकारीहरूले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त भएका उपलब्धिलाई उल्ट्याउन सकिन्छ कि भन्ने षड्यन्त्र पनि छन्,’ उनले भने, ‘कहीँ न कहीँ फेरि जनयुद्धको, माओवादी आन्दोलनको, वाईसीएलको, युवाहरूको, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने कोसिसहरू पनि भइराखेकै छन्।’

उनले नवनिर्वाचित कार्यसमितिलाई पार्टीको आदेशमा सबैखाले प्रतिगमनका विरुद्ध खरो र दरो उभिन आग्रह गरे ।

‘नवनिर्वाचित तपाईँहरूको पदाधिकारीको टिम पक्कै पनि यो जनरल स्टाफ जस्तै हो। वाईसीएल नेपालको जनरल स्टाफ नै हो यो,’ उनले भने, ‘तपाईँहरूले पार्टीको नेतृत्व आदेशमा सबै खाले प्रतिक्रियावाद र प्रतिगमनका विरुद्ध आफूलाई खरो र दरो साबित गर्नुहुनेछ ।’

प्रचण्डले वाईसीएलको पदाधिकारी ठूलो बने पनि नेतृत्वको केन्द्रीकरण भएको जिकिर गरे । वाईसीएलको ७५ सदस्यीय पदाधिकारी चयन भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com