काठमाठौ २६ जेठ । हरेक दिनझैँ आज ९जेठ २६, सोमबार० का लागि पनि बाढी पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ।
महाशाखाका अनुसार आगामी ३ दिन कोसी नारायणी कर्णाली महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती पश्चिम राप्ती कन्काई, कमला। बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने सम्भावना रहे पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक देखिन्छ।
आजलाई भने ११ जिल्ला र आसपासका खोलारनदीमा बाढीले जोखिम निम्त्याउने सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।
सूचनामा भनिएको छस् आज ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, खोटाङ, कास्की म्याग्दी बागलुङ, दैलेख, रुकुमपूर्व, रुकुमपश्चिम, दाङ र आसपासका जिल्ला भई वहने केही ससाना नदीमा बहाब बढ्ने सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।









प्रतिक्रिया दिनुहोस्