ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्ता र प्रतिपक्षको अडानले बन्धक बन्यो संसद


abc news


काठमाडौं, २६ जेठ । प्रतिपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो। भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने विपक्षीको मागका कारण संसद बैठक निरन्तर स्थगित हुँदै आएको छ।

सभामुख देवराज घिमिरेले बजेटका विषयमा छलफल गर्नुपर्ने र महत्त्वपूर्ण विधेयक पनि अगाडि बढाउनुपर्ने विषयमा ध्यानाकर्षण गराउँदै आएका छन्। तर, विपक्षी दलहरू आफ्नो मागप्रति अडिग रहेका छन्।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेका विषयमा छलफल जारी रहेपनि कुनै सहमति नभएको बताएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले सत्तापक्ष र प्रतिपक्षीबीच छलफल भइरहेको भन्दै अहिलेसम्म कुनै सहमति नभएको प्रष्ट पारे। छानबिन समिति बनाउनुपर्छ भन्नेमा हाम्रो अडान कायमै छ,उनले भने।

त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले आफूहरू निरन्तर छलफलमा रहे पनि विषयको गम्भीर्यतालाई सत्ता पक्षले बुझ्न नसकेको आरोप लगाए। भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने आफूहरूको न्यूनतम माग रहेको उनको भनाइ छ।

ुसदनको गतिरोध खुलाउने प्रयास जारी नै छ। सोमबार सदन बस्नुअघि केही न केही सहमति हुने विश्वास लिएका छौं,ु उनले भने। छलफलबाटै समस्याको हल गर्ने पक्षमा आफूहरू रहेको उनको भनाइ छ।

त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक पुगेको बताए। बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले राखेका विषयमा निरन्तर छलफल भइरहेको र सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक पुगेको दाबी गरे।

उनले सोमबार संसद बैठकअघि निरन्तर छलफल हुने र दिउँसो २ बजे बस्ने बैठक सहजरूपमा सञ्चालन हुने गरी आइतबारको छलफल टुंगिएको बताए। बर्तौलाले राज्यको निकायमा हुने गरेका भ्रष्टाचारजन्य कार्य नियन्त्रण गर्न सरकारले प्रतिबद्धता जनाउने गरी छलफल अघि बढेको बताए। उनले दलहरूबीच समझदारीको कुनै ड्राफ्ट भने अहिलेसम्म नबनेको बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com