काठमाडौं २५ जेठ । आइतबारको संसद बैठक अघि सत्तापक्ष र प्रतिपक्ष दलहरुबीच सहमति हुननसक्दा कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । जेठ १५ मा बजेट प्रस्तुत भएपछि प्रमुख प्रतिपक्षी दल माओवादी सहितका सवै विपक्षीदलहरुले भिजिट भिसा ठगी प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै संसद बैठक अवरुघ गर्दै आएका छन् ।
आइतबार विहान सत्तारुढ दल मध्येको नेकाका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । दिउंसो सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच विभिन्न स्तरमा छलफल भए पनि सत्तापक्ष भिजिट भिसा ठगी प्रकरणमा छानविन गर्न तयार नभएपछि कुनै सहमति हुन सकेन ।
विपक्षी दलहरूले गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका छन्।
विपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी , राष्ट्रिय प्रजातन्त्र पार्टी का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै जेठ १३ गतेदेखि सदनमा अवरोध गरिरहेका छन्।
वैशाख १५ मा बजेट पेस गर्न दिएका प्रतिपक्षीले त्यसयताका कुनै पनि बैठक सञ्चालन गर्न दिएका छैनन्। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।
सभामुख देवराज घिमिरेले आजको बैठकको सुरु भएको जानकारी गराएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए। दिउँसो १ बजेका लागि डाकिएको बैठक ३स्१५ बजेका लागि सरेको थियो। उक्त समयमा पनि बैठक बस्न सकेन त्यसपछि ५ बजेलाई सारिएको थियो।
बैठकमा सभामुखले दलीय आधारमा बोल्न दिने प्रस्ताव गरेका थिए। तर विपक्षीले उक्त प्रस्ताव अस्वीकार गरे र उठिरहे। उनले बैठकमा गृहमन्त्रीले पनि पनि जवाफ दिन समय मागेको बताएका थिए।
ुआज माननीय सदस्यहरूले दलीय आधारमा बोल्नुपर्छ नभए गृहमन्त्रीले समय माग्नु भएको छ। त्यसले गर्दा बसेर वातवारण बनाउनुस्। बल्ल कार्यक्रम अघि बढ्छु उनले भने, ुमाननीय सदस्यहरूले मान्नुहुन्छ भने म उहाँलाई समय दिन्छु। सभाको कारबाही अगाडि लैजानुपर्छ।ु
तर विपक्षीको लगातार अवरोध जारी रहेपछि सत्तापक्ष र प्रतिपक्षको हो–हल्लाका बीच प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएको सभामुख देवराज घिमिरेले सुनाएका थिए ।







प्रतिक्रिया दिनुहोस्