काठमाडौ २५ जेठ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति संकेत गर्दै १५ वर्ष नेतृत्व गरेको पार्टीलाई खरानी बनाइदिन्छु भनेको बताएका छन्।
आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले त्यत्रो वर्ष पार्टीमा बसेर पनि वैरभाव राखेको आरोप लगाए।
‘त्यही पार्टीमा १४, १५ वर्ष नेता भए,’ ओलीको भनाइ छ, ‘अनि त्यही पार्टीलाई खरानी बनाइदिनुन्छ। यसलाई माटो बनाएर छोडिदिन्छु। यसलाई धुलो पिठो बनाएर छोडिदिन्छु। टर्च बालेर खोज्दा पनि नभेटिन् बनाइदिन्छु। पार्टीप्रति कस्तो वैरभाव होरु त्यत्रो तीन दशक पार्टी नेतृत्व गरेकाहरु एक ठाउँ भेला भएर त्यही पार्टी सिध्याउँछु भन्छन्।’
उनले थपे, ‘कसका लागि त्यो गरेकोरु के का लागि त्यो गरेकोरु’
तर, आफूलाई १५ वर्ष पार्टीभित्र गतिविधि गर्न नदिएको भन्दै त्यस्तो बेला पनि केही गुनासो नगरेको उल्लेख गरे। ‘१५ वर्ष पार्टीभित्र कतै जान नपाउने, कसैलाई भेट्न नपाउने,’ ओलीले भने, ‘मैले स्थापना गरेको युवा संघमा १० वर्ष मैले पाइलो टेक्न पाइनँ। तर, मैले कुनै गुनासो गरिनँ। कुनै पनि बोलिनँ। कहिले पनि केही पनि बोलिनँ।’
उनले थपे, ‘मैले राजनीतिक कुरा मात्रै गरेँ, पार्टीका कुरा मात्रै गरेँ। पार्टीका पक्षमा मात्रै बोलिरहेँ।’








प्रतिक्रिया दिनुहोस्