ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भर्खर सुरु हुँदैछ युक्रेनको ‘डर्टी वार’, २ जासुसी संस्थाले दिँदैछन् रुसलाई झट्का


abc news

काठमाडौ २५ जेठ । गतसाता युक्रेनले रुसी हवाइ अखडाहरूमा गरेको दुस्साहसपूर्ण ड्रोन आक्रमण ‘रुसको गालामा हानिएको थप्पड’ भएको युक्रेनको गुप्तचर निकाय एसबीयूका प्रमुख लेफ्टिनेन्ट जनरल वसिल माल्युकले दाबी गरे। यो आक्रमणले युद्धमा निर्णायक मोड ल्याउन सक्ने कतिपय युक्रेन समर्थकहरूको आशा थियो।

तर, आगामी दिनमा पनि यो भयानक रक्तपातपूर्ण युद्धले निरन्तरता पाउने देखिन्छ। युद्ध अन्त्य गर्ने वाचाका साथ राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्पले बिहीबार यसको तुलना पार्कमा उन्मत्त भएर झगडा गरिरहेका दुई बालकसँग गरे।

‘कहिलकाहीँ उनीहरूलाई एकछिन लड्न दिएपछि मात्र छुट्याउँदा राम्रो हुन्छ,’ ट्रम्पले भने।

यसको अर्थ ट्रम्प, कम्तीमा अहिलेका लागि मध्यस्थकर्ताको भूमिकाबाट पछि हट्न चाहेको देखिन्छ। यस्तोमा युक्रेनको लडाइँ अझ बढी आफ्ना गुप्तचर निकायमा निर्भर हुनेछ। जसले रुसको भित्री भागसम्म मात्र होइन, विश्वभर पुगेर आक्रमण गर्ने क्षमता देखाएका छन्। युक्रेनभित्रको लडाइँका मोर्चाहरू ड्रोन र तोपको अनवरत आक्रमणका कारण नर्कमय रहनेछन्। तर, त्यसबाहिर हुने गुप्त सैन्य कारबाही विस्तार भएर त्यो ‘डर्टी वार’मा बदलिन सक्छ। जसमा युक्रेन र रुसलाई हतियार आपूर्ति गर्ने मुलुकमा हत्या, तोडफोड र आक्रमणहरू हुन सक्छन्।

दुवै पक्ष गतिरोधमा फसेको युद्धबाट बाहिर निस्किन चाहन्छन्। र, आइतबारको युक्रेनको ‘अप्रेसन स्पाइडरवेब’ पासा पल्टाउने उदेश्यले चालिएको साहसिक कदम थियो। जनरल माल्युकले रुसभित्र पसेर गरिएको यो आक्रमणको तयारीमा १८ महिना लागेको बताए। यस्तै अरु कारबाहीको तयारी चलिरहेको गुप्तचर स्रोतहरूले बताएका छन्।

एसबीयू र जीयूआर युक्रेनका दुई जासुसी एजेन्सी हुन्। उनीहरूले लडाइँलाई रुसभित्र र रुसका सहयोगी मुलुकसम्म पुर्‍याउने कोसिस गरिरहेका छन्। उनीहरूको लक्ष्य अनपेक्षित ठाउँमा चलाखीपूर्ण तरिकाले आक्रमण गर्नु र लडाइँको मैदानबाहिर पनि रुसलाई क्षति पुर्‍याउनु हो।

एसबीयू र जीयूआरबीच तीव्र प्रतिद्वन्द्विता छ, अमेरिकाका एफबीआई र सीआईएबीचमा जस्तै। एसबीयू देशको आन्तरिक सुरक्षाका लागि जिम्मेवार छ, तर देशबाहिर पनि सक्रिय छ। रुसको घुसपैठ भएको आरोपले यो एजेन्सी वर्षौंदेखि त्रस्त छ। त्यसकारणले पनि गतसाताको जटिल कारबाही यो एजेन्सीका लागि ठूलो परिघटना हो। गुप्तचर स्रोतहरूका अनुसार माल्युकले सो कारबाहीबारे राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई जानकारी दिए पनि उनको सरकारका कतिपय शीर्ष अधिकारीहरूलाई सुइँको दिएका थिएनन्।

प्रतिद्वन्द्विताको लक्षण यसपालिको कारबाहीमा पनि देखियो। एसबीयूले हवाइ अखडाहरूमा ड्रोन आक्रमण गरेलगत्तै जीयूआरले रुसको सुदूरपूर्वमा अवस्थित भ्लादिभोस्तकनजिकैको देसान्तानायामा एक सैन्य शिविरमा हमला गर्‍यो। यो युक्रेनले निसाना लगाएको सबैभन्दा टाढाको स्थान हो।

गुप्तचर स्रोतका अनुसार भ्लादिभोस्तोकमा ट्रक बम र ड्रोनबाट मिश्रित आक्रमण गरिएको थियो। एसबीयूले ड्रोन भरिएको कन्टेनर रुसभित्र पुर्‍याउनुका अलावा समुद्री ड्रोन निर्माणमा पनि अग्रता लिएको छ। जसका कारण काला सागरबाट पछि हट्न रुसी नौसेना बाध्य भयो। ती समुद्री ड्रोन डिजाइन गर्न युरोपेली गुप्तचर अधिकारीहरूले सघाएका थिए।

आइतबार युक्रेनले जसरी ड्रोन रुसी भूमिमा पुर्‍याएर रुसका बमबर्षक विमानमा आक्रमण गर्‍यो, त्यसैगरी समुद्रमा पनि कन्टेनरमा ड्रोन लुकाएर रुस र उत्तरी प्रशान्त महासागरमा रुसका सहयोगी मुलुकका जहाजमा आक्रमण गर्ने योजना एसबीयूले बनाएको स्रोतको भनाइ छ। तर, हालसम्म सो एजेन्सीले यस्तो कारबाही गरेको छैन।

एसबीयूका लागि रुसलाई क्रिमियासँग जोड्ने पुल प्रमुख निसाना बन्दै आएको छ। रुसले युक्रेनमा आक्रमण गरेयता एसबीयूले सो पुलमा तीनपटक हमला गरिसकेको छ। मंगलबार पनि पानीमुनि ठूलो विस्फोट भयो। रुसको गालामा ‘झापड’ हान्ने युक्रेनको यो अर्को तरिका हो।

चमत्कारी लेफ्टिनेन्ट जनरल किरिलो बुदानोवको नेतृत्वमा रहेको जीयूआरले रुसभित्र र विश्वभर रुसविरुद्ध व्यापक अभियान चलाएको छ। गतवर्ष मसँगको अन्तर्वार्तामा उनले भनेका थिए, ‘रुसको क्षमता कम गर्ने उदेश्यले हामीले एउटा योजना पेस गरेका छौँ। यसमा धेरै पक्ष छन्, सैन्य उद्योग, महत्त्वपूर्ण सैन्य निसाना, तिनका विमानस्थल र कमान्ड–एन्ड–कन्ट्रोल स्टेसन।’

जीयूआरको एउटा तरिका हो– अफ्रिकामा वाग्नर समूहमाथि आक्रमण। बीबीसीका अनुसार गत जुलाईमा जीयूआरको योजनामा भएको आक्रमणमा ८४ वाग्नर लडाकुका साथै मालीका ४७ सैनिक मारिएका थिए। बुदानोवले मसँग भनेका थिए, ‘रुसको सैन्य शक्ति कम गर्न हामी जहाँ सकिन्छ, त्यहीँ यस्ता आक्रमण गर्छौं। अफ्रिकालाई चाहिँ किन छाड्नेरु’

रुसमा हतियार आपूर्तिलाई रोक्न दक्षिण अफ्रिकामा जीयूआरले अनेकौँ कारबाही गरेको छ। गत अगस्टमा एउटा सानो रुसी नौसैनिक जहाज केप टाउनमा रोकिँदा युक्रेनीहरूले चर्को विरोध गरे। सो जहाजमा आक्रमण गर्ने योजना बनाए पनि अन्तिममा जीयूआर रोकिएको स्रोतको भनाइ छ।

जोखिमपूर्ण गुप्तचर कारबाही गर्ने युक्रेनको तरिकाले वासिङ्टन र किभबीच बारम्बार तनाव उत्पन्न हुने गरेको छ। एउटा उदाहरण हो– अगस्ट २०२२ मा दारिया दुगिनाको हत्या। उनी रुसी लेखक तथा युद्धका समर्थक अलेक्सान्द्र दुगिनकी छोरी हुन्। न्युयोर्क टाइम्सका अनुसार अमेरिकी गुप्तचरहरूले सो हत्याको षड्यन्त्र युक्रेनी जासुसहरूले रचेको पत्ता लगाएपछि वासिङ्टनले युक्रेनलाई आफूहरू यस्तो कार्यको कडा विरोधमा रहेको बताएको थियो।

युद्ध जारी रहँदा युक्रेनसँग सीमा जोडिएका मुलुक नयाँ लडाइँको मैदान बन्न सक्छन्। उदाहरणका लागि मोल्दोभाबाट टुक्रिएको ट्रान्सनिस्ट्रियालाई लिन सकिन्छ, जहाँ रुसले ‘शान्ति सैनिक’ खटाएको छ। रुसका भगौडा सैनिक र स्थानीय शक्तिलाई उपयोग गरेर यहाँका रुसी सेनामाथि आक्रमण गर्ने युक्रेनको योजना थियो। तर, नयाँ मोर्चा नखोल्ने निर्णय उसले गर्‍यो।

अब रुसले ट्रान्सनिस्ट्रयामा थप १० हजार सैनिक पठाउने तयारी गर्दैछ। रुसले पश्चिमसमर्थक मोल्दोभामा अस्थिरता ल्याउन चाहेको सो मुलुकका प्रधानमन्त्रीले हालै बताएका छन्।

यसको खतरा युक्रेनसँग सीमा जोडिएका सबै मुलुकमा छ। बेलारुस, पोल्यान्ड, स्लोभाकिया, हंगेरी मात्र होइन, जर्मनी, बाल्टिक राज्यहरू, नर्वे र फिनल्याडसमेत प्रभावित हुन सक्छन्।

यीमध्ये अधिकांश मुलुकले युक्रेनको समर्थन गर्छन्। युक्रेनीहरूले यी देशका राजधानीमा बसेर यस्ता गुप्त कारबाही सञ्चालन गर्छन्। त्यसैले रुसले गत वर्षदेखि सुरु गरेको तोडफोड र हत्याको अभियान यी मुलुकमा पनि सजिलै विस्तार हुन सक्छ।

ट्रम्पले पदभार सम्हाल्दा उनले सोचेका थिए– सजिलै यो युद्ध अन्त्य गर्न सकिन्छ। यसको जवाफ उनले यसैसाता पाए, जब युक्रेनी र रुसी वार्ताकारहरूबीच इस्तानबुलमा भेट भयो। रुसले अघि सारेका सर्तहरू आत्मसमर्पण बराबर थिए। तास समाचार एजेन्सीका अनुसार रुसले युक्रेनसँग तटस्थताको माग गरेको छ, ‘जसअनुसार युक्रेनले कुनै सैन्य गठबन्धन वा समूहमा संलग्न नहुने, सैन्य गतिविधि तथा विदेशी सैनिक तैनाथीमा प्रतिबन्ध लगाउने वाचा गर्नुपर्नेछ।’

युक्रेन आफैँले अघि सारेको सर्तमा भने यस्तो लेखिएको छ, ‘युक्रेनलाई तटस्थ हुन बाध्य पारिने छैन। ऊ युरो–एट्लान्टिक समुदायको हिस्सा बन्न सक्छ र ईयूको सदस्यता प्राप्तितर्फ अघि बढ्न सक्छ।’

संक्षेपमा भन्दा, यो युद्ध सार यही हो।

बिहीबार ट्रम्पले यो युद्धले ल्याएको भयानक रक्तपातको विषयमा कुरा गरे। आफूले हातगोडा चुँडिएका र अंगभंग भएकाहरूको शवको तस्बिर देखेको बताए। ती शव ‘पार्कमा झगडा गरिरहेका केटाकेटी’का होइनन्। ट्रम्प पछि हट्दै जाँदा शवको संख्या भने बढ्दै गइरहेको छ।

९वासिङ्टन पोस्टबाट०

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com