ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिपक्षी दलको बैठक सकिएपछि माओवादी केन्द्र कांग्रेससँग छलफलमा


abc news
जेष्ठ २५, २०८२ आईतबार  ४ : १० बजे

काठमाडौ २५ जेठ । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच छलफल सुरू भएको छ।

संघीय संसद भवनको शंकर हलमा कांग्रेस र माओवादीबीच छलफल चलिरहेको एक नेताले जानकारी दिए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि संसद भवनमै विपक्षी दलहरूसँग छलफल गरेका थिए।

त्यहाँ छलफल गरेर शंकर हलमा उनी कांग्रेससँग छलफलमा जुटेका हुन्।

विपक्षी दलहरुको बैठकमा प्रचण्डले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटबारे ब्रिफिङ गरेका थिए।

पढ्नुस्ः भिजिट भिसा प्रकरण छानबिन गर्न आयोग बनाउने प्रचण्डको प्रस्ताव मानेनन् देउवाले

उनले भिजिट भिसा प्रकरणको छानबिन गर्नका लागि कांग्रेस तयार नभएको ब्रिफिङ बैठकमा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताएका छन्।

कांग्रेस सहमतिमा नआएको खण्डमा विपक्षी दलहरूको संसदमा आफ्नो स्ट्याण्ड कायम रहने निचोड बैठकले गरेको प्रमुख सचेतक परियारले बताए।


छानबिन समिति बनाउने भन्ने विषयमा सत्तापक्ष लचिलो नभएकाले हाम्रो अडान कायमै रहने भयो,ु परियारले सेतोपाटीसँग भने

यसअघि प्रमुख सचेतक र सभामुखबीचको बैठकमा पनि संसद चलाउने विषयमा सहमतिको प्रयास बिफल भएको थियो।

सत्तापक्ष र प्रतिपक्षले आ(आफ्नो अडान नछाडेपछि प्रतिपक्षीलाई पेलेरै जाने तयारी सत्तापक्षले गरेको छ।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौलाले विपक्षीले सहयोग गरे पनि नगरे पनि संसद बैठक आजदेखि स्थगित नहुने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

सम्बन्धित

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com