काठमाडौ २५ जेठ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नीति निर्माण गर्ने महत्वपूर्ण थलो भएकाले जनचाहना र भावनाअनुरुप अघि बढनुपर्ने बताएका छन्।
राष्ट्रिय समाचार समिति ९रासस०सँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रतिनिधिसभा सञ्चालन नहुँदा सङ्घीयता र संविधान कार्यान्वयनसँग जोडिएका सङ्घीय निजामती, प्रहरी, विद्यालय शिक्षाजस्ता अति महत्वपूर्ण विधेयक अगाडि बढ्न नसकेको प्रतिक्रिया दिए।
अध्यक्ष दाहालले भने, महत्वपूर्ण विधेयक प्रतिनिधिसभामा थन्किएका छन्, हामी त्यता कहिले आउँछन् र छलफल गरौला भनी हेरेर बसेका छौँ। त्यो सभा छिटो चल्दिएहुन्थ्यो भन्ने हाम्रो चाहना र भावना हो।
विगतमा जस्तो प्रतिनिधिसभा अवरुद्ध हुँदा राष्ट्रियसभा पनि नचल्ने प्रवृतिलाई रोकिएको बताउँदै अध्यक्ष दाहालले भने, राष्ट्रियसभाले संविधानमा गरेको परिभाषा र दिएको अधिकार बमोजिम मेहनतकासाथ काम गरेकाले हिजोका गलत अभ्यास छाडिएका हुन्।








प्रतिक्रिया दिनुहोस्