ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केदारनाथ जाँदै गरेको हेलिकप्टर सडकमै आपत्‌कालीन अवतरण, कारमा ठोकियो


abc news

काठमाडौ २४ जेठ । शनिबार दिउँसो भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा एउटा हेलिकप्टर सडकमा आपत्‌कालीन अवतरण गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार केस्ट्रेल एभिएसन प्राइभेट लिमिटेडको यो हेलिकप्टर ५ यात्रु लिएर केदारनाथ जाँदै थियो।

तर प्राविधिक गडबडी देखिएपछि पाइलटले हेलिकप्टरलाई सडकमै अवतरण गराएका हुन्।

घटनाको जानकारी पाउनेबित्तिकै प्रशासनले घटनास्थलमा टोली पठाएर हेलिकप्टर सडकबाट हटाएको थियो।

जिल्ला पर्यटन विकास अधिकारी तथा हेली सेवा नोडल अधिकारी राहुल चौबेले भने, ‘केस्ट्रेल एभिएसन प्राइभेट लिमिटेडको हेलिकप्टर बारासुस्थित आफ्नो आधारबाट ५ यात्रु लिएर केदारनाथ धामका लागि उडान भरिरहेको थियो। यस क्रममा हेलिकप्टरमा केही प्राविधिक गडबडी भयो।’

उनले थपे, ‘पाइलटले समयमै समस्या थाहा पाए र नजिकै खाली बाटो देखेपछि आपत्‌कालीन अवतरण गराए। हेलिकप्टरमा रहेका पाँचै यात्रु सुरक्षित छन्, पाइलटलाई भने सामान्य चोट लागेको छ।’

राहुल चौबेका अनुसार आपत्‌कालीन अवतरणका क्रममा सडकमा पार्क गरिएको कारमा क्षति भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com