काठमाठौ २४ जेठ । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेट २०२५ को विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु ९आरसीबी० को उत्सवका क्रममा भएको भागदौड घटनामा कर्नाटक राज्य क्रिकेट सङ्घ ९केएससीए० का वरिष्ठ अधिकारीहरूले पदबाट राजीनामा दिएका छन् ।
विजय उत्सवका क्रममा गएको बुधवार भएको भागदौडको नैतिक जिम्मेवारी लिँदै केएससीएका सचिव ए शङ्कर र कोषाध्यक्ष ईएस जयरामले राजीनामा दिएका क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ । उनीहरूले कर्नाटक राज्य क्रिकेट सङ्घका अध्यक्ष रघुराम भट्टलाई राजीनामा पत्र बुझाएका हुन् ।
गएको बुधवार बेङ्गलुरु प्रहरीले आरसीबी फ्रेन्चाइजीविरुद्ध पहिलो सूचना रिपोर्ट ९एफआईआर० दर्ता गरेको थियो । एफआईआरमा प्रहरीले आरसीबीलाई एम चिन्नास्वामी रङ्गशालामा कार्यक्रम आयोजना गर्न अनुमति नदिएको र त्यहीँ भागदौड मच्चिएको बताएको खबरमा उल्लेख छ ।
एफआईआरमा आरसीबीलाई पहिलो अभियुक्त बनाइएको छ । यस्तै आरसीबीको कार्यक्रम साझेदार डीएनए इन्टरटेनमेन्ट र रङ्गशाला सञ्चालन गर्ने केएससीएलाई पनि अभियुक्त बनाइएको छ ।
आरसीबीले १८ वर्षपछि पहिलो पटक आईपीएल जितेको खुशीमा भएको उत्सवका क्रममा चिन्नास्वामी रङ्गशालाबाहिर भएको भागदौडमा ११ जनाको ज्यान गएको थियो ।








प्रतिक्रिया दिनुहोस्