ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाँजालगायत जडीबुटीजन्य उत्पादनमा जोड दिनुपर्ने बेला आयाे – कृषिमन्त्री अधिकारी


abc news

काठमाठौ २४ जेठ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत थप कार्यक्रम अगाडि बढाएको बताउनुभएको छ ।

एग्री प्रडक्ट नेपालले सञ्चालन गरिरहेको ‘रैथाने कृषि हाटबजार’ ले १००औं हप्ता सम्पन्न गरेको अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा उहाँले सरकार रैथानी बाली संरक्षण र परम्परागत कृषि सीप संरक्षणमा क्रियाशील रहेको दाबी गर्नुभयो ।

मन्त्री अधिकारीले पछिल्लो समय स्थानीय उत्पादन, परम्परागत बाली र त्यसको उपभोगका विषयमा जागरण आइरहेको उल्लेख गर्दै अब अत्यावश्यक खाद्यवस्तुको आयात प्रतिस्थापन गर्ने गरी व्यावसायिक विकासमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

‘पहिले दुई छाक भात खान नपाउँदा गरिब भएको महसूस हुन्थ्यो, अहिले दुई छाक भात खानुपरे पीडा महसूस हुन्छ, थोरै उत्पादन होस् तर रोग नलाग्ने विषादीरहित खाद्यवस्तु खान पाइयोस् भन्ने चेतना बढेको छ, यसमा रैथाने कृषि हाटबजार अभियानको पनि महत्वपूर्ण भूमिका छ’, उहाँले भन्नुभयो, ‘अब रैथाने बीउको संरक्षण र समयानुसार विकास गरी लाभ लिनुपर्ने आवश्यकता छ, त्यसका लागि पालिकाले अझ बढी महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्, व्यवसायीको भूमिका त्यत्तिकै महत्त्वपूर्ण छ ।’

मन्त्री अधिकारीले आयात, परनिर्भरता र आर्थिक स्रोतको अभाव पूर्ति गर्न गाँजालगायत जडीबुटीजन्य नेपाली उत्पादनमा जोड दिनुपर्ने बेला आएको धारणा राख्नुभयो । अहिले अत्यावश्यक वस्तु आयात गरेर खानु परिरहेको छ, अर्थतन्त्रमाथि त्यतिकै दबाव छ, यो कुरा सबैले महसूस गरेका छौँ तर हामीले गाँजा र यस्तै औषधीय गुण भएका कृषिउपजको वैधानिक खेती गर्ने हो भने मेरो गृह जिल्ला धादिङमा मात्रै पाँच वटा भन्सार कार्यालय थप्नुपर्ने अवस्था आउँछ, त्यसले पैसा अभाव हुन दिँदैन, त्यसैले यस विषयमा सरकारले आवश्यक काम गर्नुपर्छ भन्ने कुरा आइरहेका छन्, हामी सकारात्मक छौँ, उहाँले भन्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री शेरबहादुर तामाङले अब कुरा मात्रै नभई काम गर्नुपर्ने बेला आएको उल्लेख गर्दै सरकारले स्थानीय परम्परागत बालीको संरक्षणका लागि देखिने गरी काम गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारले नीतिगत सहजीकरण गर्ने र किसानले जिम्मेवारीपूर्वक काम गरे बेरोजगारीको समस्या समाधानमा ठूलो टेवा पुग्ने धारणा राख्नुभयो ।

‘अब अनुदान होइन, न्यून ब्याज तथा विनाब्याजमा कृषकले ऋण पाउने व्यवस्था हुनुपर्‍यो, कृषि विकासको नाममा स्थापित कृषि विकास बैंकलाई किसानको हितमा काम गर्न लगाउनुपर्‍यो, घरजग्गाा किन्दा सहज तर कृषिउद्यमका लागि जाँदा ऋण नै नपाउने अवस्था छ, यसलाई अन्त्य गरौँ’, उहाँले भन्नुभयो, ‘मैले त कोदोको रक्सीको ब्रान्डिङ, गाँजाखेतीको वैधानिकताको कुरा गरिरहेको छु, यो काम भएमा हाम्रा युवाले देशमै बसेर वर्षको ८र१० लाख रुपैयाँ कमाउने अवस्था बन्छ, यसमा काम गर्न ढिला नगरौँ ।’

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा। रामकृष्ण श्रेष्ठले आफ्ना परम्परागत उत्पादन उपभोग गर्ने बानी विकास भएमा उत्पादन र व्यावसायिक विकासमा टेवा पुग्ने धारणा राख्नुभयो । सरकारले बाली विकास, स्थानीय जात र प्रविधि संरक्षणमा काम गर्दै आएको र यसका लागि आर्थिक वर्ष २०७७र७८ देखि देशभर झन्डै ३०० पालिकालाई सशर्त अनुदानमा बजेट तथा कार्यक्रम व्यवस्थापन गर्दै आएको बताउनुभयो ।

एग्री प्रडक्ट नेपालका अध्यक्ष तीलक ढाकालले रैथाने बाली, परम्परागत सीप र ज्ञानको संरक्षण, प्रवर्द्धन र बजारीकरणका लागि उत्पादक किसान एवम् उद्यमीहरूले २०८० साल साउन १ गतेदेखि अभियान शुरू भएको बताउनुभयो । रैथाने कृषि हाटबजार अभियानले एक सय हप्ता पूरा गरेको र यस अवधिमा प्रत्येक हप्ता औसतमा ३५ स्टलबाट ३०० देखि ४०० ग्राहक जोडिने गरेको जानकारी दिँदै अहिले झन्डै ३ करोड रुपैयाँ बराबरको कारोबार भएका अनुमान सुनाउनुभयो ।

कार्यक्रममा थुलुङ दूधकोशी गाउँपालिका सोलुखुम्बुका अध्यक्ष असिम राई, खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ, विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डा। घनश्याम गुरुङ, नेपाल डेरी एशोसिएशनका अध्यक्ष पह्लाद दाहाल, ओरियन्ट क्याफे दरबारमार्गका सञ्चालक पशुपति पाण्डे, महिला उद्यमी जोत्सना केसीलगायतले सम्बोधन गर्नुभएको थियो । उहाँहरूले स्थानीय जातको बीउ र बाली मासिनु भनेको नेपाली संस्कृतिमाथिको अतिक्रम भएको भन्दै संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com