काठमाठौ २४ जेठ । गाजामा तीव्र कुपोषणबाट पीडित बालबालिकाको प्रतिशत झन्डै तीन गुणाले बढेको संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले जनाएको छ । गएको जनवरी मध्यतिर युद्धविराम भएपछि अहिलेसम्मको अवस्था विश्लेषण गर्दा बालबालिका जटिल कुपोषणको सिकार भएका छन् ।
संयुक्त राष्ट्रसङ्घका निकायहरू र अन्य राहतसम्बन्धी काम गर्ने ‘न्युट्रिशन क्लस्टर’ले गरेको विश्लेषणमा मे महिनामा जाँच गरिएका पाँच वर्षमुनिका ५० हजार बच्चाहरू मध्ये लगभग ५ दशमलव ८ प्रतिशतलाई कुपोषण भएको पत्ता लागेको छ ।
विश्लेषणमा यो प्रतिशत फेब्रुअरीको तुलनामा तीन गुणा बढेको पाइएको राष्ट्रसङ्लाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बालबालिकामा प्रतिरक्षा प्रणाली कमजोर भई जीवनलाई नै जोखिममा पार्ने अवस्था आउने प्रतिवेदनमा उल्लेख छ ।
उत्तरी र दक्षिणी गाजा पट्टीको रफाहमा इजरायली आक्रमणका कारण गम्भीर अवस्था सिर्जना भएको र यहाँ स्वास्थ्य केन्द्रहरू बन्द गर्न बाध्य पारिएपछि उपचार सेवामा जटिल अवस्थाले बालबच्चाहरू उपचार प्राप्त गर्नबाट बञ्चित बनेको पाइएको छ ।








प्रतिक्रिया दिनुहोस्