ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पतञ्जलिको बदमासीमा चार्टर्ड एकाउन्टेन्ट पनि, कारबाही गर्न आईक्यानलाई अख्तियारको निर्देशन


abc news
जेष्ठ २३, २०८२ शुक्रबार  ४ : २३ बजे

काठमाडौ २३ जेठ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपाल नामक कम्पनीभित्रका बदमासीमा लेखापरीक्षक ९चार्टर्ड एकाउन्टेन्ट० को पनि संलग्नता रहेको पाइएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानले चार्टर्ड एकाउन्टेन्ट वासुदेव गौतमले पतञ्जलिका आर्थिक वर्ष ०६४र६५ तथा त्यसयताका आर्थिक वर्षहरूमा तयार गरेका वित्तीय विवरणहरू तथ्यमा आधारित नभएको देखाएको छ। त्यसैले उनीमाथि थप छानबिन गरी कारबाही हुनुपर्ने ठहर गरी अख्तियारले चार्टर्ड एकाउन्टेन्टहरूको नियामक निकाय इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल ९आईक्यान० लाई निर्देशन दिएको छ।

पतञ्जलि प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णयसँगै चार्टर्ड एकाउन्टेन्ट वासुदेव गौतमलाई कारबाही गर्नेसम्बन्धी अख्तियारको निर्णयमा लेखिएको छ, ‘पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले आव २०६४र६५ तथा सो पछिका आर्थिक वर्षहरूमा तयार गरे गराएको वित्तीय विवरणहरू तथ्यमा आधारित देखिँदैन। उक्त कम्पनीको लेखापरीक्षण गर्ने दर्तावाला लेखापरीक्षक वासुदेव गौतमसमेत ९दर्ता नं सी ०५६९र०५०० का सम्बन्धित लेखापरीक्षकका सम्बन्धमा आवश्यक छानबिन लगायतको कानुन बमोजिमको कार्य गर्न गराउन उपयुक्त देखिएकोले सो सम्बन्धमा जो जे गर्नुपर्ने हो, सोतर्फ आवश्यक कदम उठाउन इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल, सातदोबाटो, ललितपुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ को उपदफा ९१० को देहाय ९ख० बमोजिम सुझाव लेखी पठाउने।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com