ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यक्तिगत तहमा उत्रेर जुधिरहेका छन् ट्रम्प–मस्क


abc news

काठमाडौ २३ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र धनाढ्य व्यक्ति एलन मस्क जुध्ने समय आउन सक्छ भन्ने धेरैले अनुमान गरेकै थिए । आखिर त्यो समय यति छिटै आइपुग्यो । धेरै मानिसको अपेक्षा अनुरुप नै उनीहरू सार्वजनिक रूपमै निम्नस्तरको, प्रतिशोधले भरिएको, व्यक्तिगत, तुच्छ, नाटकीयजस्तो लाग्ने, केटाकेटी पाराको, अव्यवस्थित भनाभनमा उत्रिन सुरु गरिसकेका छन् ।

आफ्नै स्वामित्वमा रहेको सामाजिक सञ्जाल ‘एक्स’मा घन्टौँसम्म ट्रम्पलाई तथानाम गरेपछि मस्क लेख्छन्, ‘एउटा कुराचाहिँ पक्का हो, यो झगडा दिक्कलाग्दो चाहिँ पक्कै पनि हुने छैन ।’

यी दुई महारथीको सार्वजनिक तवरमै झगडा सुरु भइसकेको छ । दुवै एक अर्कालाई हिर्काउन मुठी कसेर तम्तयार देखिन्छन् ।

उनीहरूको सम्बन्ध आश्चर्यजनक गतिमा एकाएक खस्किएर गएको छ । केही समय अघिसम्म ट्रम्पको हवाईजहाजमै मस्क उड्ने गर्थे । ट्रम्पकै घरमा बस्थे । उनका बच्चाहरूसँग खेल्थे । गत शुक्रबार पनि ट्रम्पले अमेरिकी राष्ट्रपति भवनमा मस्कलाई उनको जिम्मेवारीबाट बिदा हुने क्रममा असाध्यै राम्रो सम्बोधन गरेका थिए । उनको प्रशंसामा चर्चा गरेका थिए । त्यतिमात्रै नभएर ह्वाइट हाउसमा जुनसुकै समय ढोका खुला रहने सन्देश दिने गरी ठुलो साङ्केतिक चाबी पनि दिएका थिए ।

तर अन्तर्यमा सबै कुरा ठिकठाक भने थिएन । ह्वाइट हाउसले अमेरिकी कंग्रेस मार्फत अगाडि बढाएको घरेलु नीति सम्बन्धी विधेयकबारे मस्क मसिनोगरी हेर्दै थिए । त्यसमा मस्कको असन्तुष्टि थियो । बिहीबारसम्म आइपुग्दा मस्क रिसले चुर भएर सामाजिक सञ्जालमा आगो ओकल्न थाले ।

‘म नभएको भए ट्रम्पले चुनाव नै जित्दैनथे,’ मस्कले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘ओहो १ यत्रो कृतघ्नता १’


सम्बन्धमा एकाएक देखिएको बदलाव शेक्सपियरका नाटकहरू भन्दा कम छैनन् ।

सामान्यतया ट्रम्प सार्वजनिक रूपमा त्यस्तो व्यक्तिसँग जमेर भिड्छन्, जसलाई ट्रम्पको आवश्यकता हुन्छ, तर ट्रम्पलाई भने उसको आवश्यकता हुँदैन वा जसले चुनावमा चुनौती दिन सक्दैन, आफैँ अप्ठ्यारोमा पर्न डराइरहेको हुन्छ । तर यस पटक भने उनी त्यस्तो व्यक्तिसँग भिड्दै छन्, जसको स्वयं उनीमाथि नै प्रस्ट प्रभाव छ ।

मस्कसँग राजनीतिक, आर्थिक तथा केही हदसम्म भावनात्मक रूपमा ट्रम्पलाई प्रभाव पार्ने शक्ति छ । ट्रम्पले यसबारे बिहीबार गरेको टिप्पणीले उनी एलनसँग धेरै निराश छन् भन्ने देखिन्छ ।

तर ट्रम्प कमजोर पक्कै छैनन् । अमेरिकाको राष्ट्रपतिका रूपमा उनी मस्कमाथि हावी हुने क्षमता पक्कै राख्छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेखे, ‘हाम्रो बजेटका लागि पैसा जोगाउने सबैभन्दा सजिलो तरिका त एलन मस्कलाई दिइएका सरकारी अनुदान र सम्झौता कटौती नै हुन् । बाइडेन सरकारले किन त्यसो गरेन होला भनेर म सधैँ अचम्ममा पर्थें ।’

यो अभिव्यक्तिले दुई जनाको झगडामा झन् आगोमा घिउ थपिदियो ।

यो भनाभन र झगडामा अर्को गज्जबको सन्दर्भ छ । ट्रम्प र मस्क दुवै जना आफ्नै सामाजिक सञ्जालका साहु पनि हुन् । उनीहरू एक–अर्कालाई सिधै जबाफ गर्दै छैनन् । मस्क ‘एक्स’मा लेख्छन् । उता ट्रम्प ट्रुथ सोसियलमा लेख्छन् । मानिस उनीहरूको जुहारी हेर्न फरक–फरक सञ्जालमा जानुपर्ने हुन्छ । आ–आफ्नै घरको छतमा बसेर आपसमा जुधेजस्तो किबोर्डको युद्धको यस्तो दृश्य मानिसहरू घरमा बसेर हेरिरहेका छन् ।

मस्कको सामाजिक सञ्जाल ‘एक्स’मा ‘केटीहरू जुधिरहेका छन् भन्ने शीर्षक बिहीबारबाट टप ट्रेन्डिङमा छ । धेरैले उनीहरू बिचको झगडालाई विद्यालयका केटाकेटी जुधेजस्तो भनेर मजाक गरिरहेका छन् । धेरै मानिस उनीहरूको झगडामा पक्ष विपक्षमा लागेर आफ्ना मत राखिरहेका छन् । लाउरा लोमरले ‘मजेदार’ देखिएको टिप्पणी गरेकी छन् ।

मस्कका एउटा बच्चाकी आमा आश्ले सेन्ट क्लेयरले ट्रम्पको ‘आइडी’लाई ‘मेन्सन’ गर्दै लेखेकी छन् ‘हे ट्रम्प १ सम्बन्ध बिच्छेदको सल्लाह पो चाहिएको छ कि १’

मस्क आफैँ पनि ट्रम्पसँग नजिक रहेका चार्ली किर्क तथा स्टेफेन मिल्लरजस्ता मानिसहरूलाई ‘अनफलो’ गरिरहेका छन् ।

दुई जनाको चार घन्टा लामो गोलीबारीजस्तो भनाभनको बिचमा कलाकार काने वेष्ट भने शान्ति स्थापनमा गराउने भूमिकामा उदाएका छन् । उनले एक्समा लेखिएको एउटा पोष्टमार्फत दुवै जनालाई रोकिन आग्रह गरेका छन् । उनले दुई जनाले अँगालो मारेको ‘इमोजी’ राख्दै लेखेका छन्, ‘अब रोकिनुस् साथीहरू । हामी तपाईंहरू दुवै जनालाई धेरै माया गर्छौं ।’

तर ट्रम्प–मस्क भने अँगालो हाल्ने अवस्थाबाट धेरै पर पुगेको भान हुन्छ । कहिल्यै पार गर्न नहुने एउटा सिमाना उनीहरूले नाघिसकेका छन् । मस्कले दिउँसोको तीन बजे ट्रम्पलाई उल्लेख गर्दै एउटा छोटो ट्वीट गरेका छन्, ‘अब साँच्चै ठुलो बम पड्काउने समय आएको छ । एप्स्टेन फाइलमा ट्रम्पको पनि नाम छ । त्यो फाइल सार्वजनिक नगर्नुको खास कारण पनि यही हो । शुभ दिन डोनाल्ड जे ट्रम्प १’

ट्रम्पलाई यो घोषणाको ठुलो चोट पर्न सक्छ । ट्रम्प कुनै न कुनै रूपमा एप्स्टेनको अपराधमा जोडिएका छन् भन्ने कुराले उनका समर्थकहरूमाझ धेरै नराम्रो सन्देश दिन्छ । त्यसैले यो खुलासा ट्रम्पको समर्थकहरू माझ केही घातक हुन सक्छ ।

उक्त खुलासाको केही समय लगत्तै फेरि मस्कले लेखेका छन्, ‘सोच्नका लागि अर्को खजाना पनि छ । ट्रम्प त अब साढे तीन वर्षमात्रै राष्ट्रपति रहन्छन् । तर म त यहाँ अझै ४० वर्षभन्दा धेरै रहन्छु है १’

यी भनाभन र झगडाको परिदृश्यले ठुला प्रश्न उठाएका छन् । आफ्नो सरकारलाई नै प्रयोग गरेर झगडा गर्ने स्वभावका ट्रम्पले अब कस्तो प्रतिकार गर्लान् रु अब टेस्ला र स्पेस एक्सको सरकारी सहायता अन्त्य आएकै हो रु सरकारी खर्च कटौती गरेर चर्चा कमाएका मस्क आफैँ खर्च कटौतीको निशानामा पर्दैछन् रु

अमेरिकी राष्ट्रपति निवासको प्राङ्गणमा मस्कले राखेको रातो टेस्ला गाडी छ । ट्रम्पले असाध्यै माया गर्ने उनका सहयोगीहरूले त्यो गाडी चलाउने गरेका छन् । अब त्यो गाडीको के हुन्छ रु एक साता अघिमात्रै ट्रम्पले सम्मान साथ मस्कलाई दिएको ह्वाइट हाउसको चाबी अब मस्कले फर्काउनु पर्छ रु जिज्ञासा र प्रश्न धेरै उठेका छन् ।

संसारले यी दुई भाइको एकाएक भड्किएको झगडा आश्चर्य र रोमाञ्चकतासाथ हेरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com