ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपालबारे गगन थापा- अदालतलाई विश्वास गरौं


abc news

काठमाडौ २३ जेठ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले अदाललताई विश्वास गर्न आग्रह गरेका छन् । माधवकुमार नेपाललाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको विषयमा उनले यस्तो बताएका हुन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सरकारले प्रतिसोध साँध्न थालेको हो रु भन्ने प्रश्नको जवाफ दिने क्रममा उनले अदालतमाथि विश्वास गर्नुपर्ने बताए ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेर अदालतमा अभियोजन गरेको छ, त्यसैले अब अदालतमाथि विश्वास गरौं, अदालतले कुनैपनि निर्दोषमाथि अन्याय हुन दिँदैन,’ उनले भने, ‘कोही दोषी छ भने अदालतले त्यहीँ अनुसार आफ्नो फैसला सुनाउँछ भन्ने विश्वास गरौं ।’

अदालतमा गइसकेका विषयमा थप टिप्पणी गर्न उपयुक्त नुहने बताउँदै उनले उक्त विषय अदालतले नै निरुपण गर्ने बताए ।

उनले गृहमन्त्री रमेश लेखकको विषयमा राजीनामा माग गर्ने कुरा नरहेको बताए । भिजिट भिसा प्रकरणको अनुसन्धान अख्तियारबाट सुरु भएको बताउँदै उनले अनुसन्धानको प्रकृया अघि बढाएको अख्तियारलाई अनुसन्धान गर्न दिनुपर्ने बताए ।

‘अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न दिऔं, अनुसन्धान टुंगिएपछि यो प्रकरणको सन्धर्वमा थुप्रै काम गर्नुपर्ने छ,’ उनले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानलाई कतैबाट प्रभावित पार्न नहुने उनले बताए । ‘यो अनुसन्धान टुंगिन दिनु, अनुसन्धान टुंगिएपछि दूधको दूध पानीको पानी होला,’ उनले भने,‘ त्यसपछि संसदबाट जे गर्नुपर्ने हो त्यो गरौंला ।’

‘सरकार चल्न सकेन, सुधार्न चाहन्छौं’

सरकार जुन गतिमा चल्नुपर्ने हो, त्यो गतिमा चल्न नसकेको उनले बताए । ‘स्वयं हाम्रो सभापतिले भन्नुभएको छ, सरकार जुन गतिमा चल्नुपर्ने हो जसरी परिणाम दिनुपर्ने दिन सकेको छैन, यसमा गम्भीर समीक्षाको आवश्यकता छ,’ उनले भने, ‘नेतृत्वमा तहमा बसेर केहीदिनयता हामी अवनवरत रुपमा छलफलमा छौं ।’

सरकारलाई प्रभावकारी बनाउने विषयमा गम्भीर छलफल गर्ने उनले बताए । ‘जसरी सरकार चल्नु पर्ने त्यसरी सरकार चलिरहेको छैन भन्ने कुरा हामी सबैलाई बोध भएकै छ,’ उनले भने, ‘हामी यसलाई सुधार गर्न चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com