काठमाडौ २३ जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेश प्रदेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन्।
आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै उनले आलोपालोको सहमितअनुसार छिट्टै मधेसमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन्।
सभापति देउवाले यस विषयमा अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गरिनेसमेत बताए। ‘यहाँ आलोपालो आधारमा सरकार बनाउने सहमती हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ। कांग्रेस नेतृत्वमा सरकार बन्छ,’ उनले भने।
कार्यक्रममा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेश प्रदेश सभापति कृष्ण यादवलगायतको उपस्थिति थियो।
हाल मधेसमा सीके राउत नेतृत्वको जनमत पार्टीका नेता सतिशकुमार सिंह मुख्यमन्त्री छन्।








प्रतिक्रिया दिनुहोस्