ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तारागाउँको अनियमिततामा मुछिएका सर्राफ परिवारलाई पतञ्जलिमा भ्रष्टाचार मुद्दा


abc news
जेष्ठ २३, २०८२ शुक्रबार  १० : ३९ बजे

काठमाडौ २३ जेठ । पतञ्जलि जग्गा प्रकरणमा ९३ जनामाथि मुद्दा चलाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बौद्धस्थित तारागाउँ रिजेन्सी होटल ९ह्यात होटल०का संस्थापक राधेश्याम सर्राफ समेत भ्रष्टाचारमा संलग्न रहेको निष्कर्ष निकालेको छ ।

अख्तियारले राधेश्याम दिवंगत भइसकेकाले उनका छोरा अरुण कुमार सर्राफविरुद्ध मुद्दा दायर गरेको हो । उनका छोरा अरुणमाथि कैद र जरिवानाको मागदावी छैन । तर बाबुले भ्रष्टाचार गरेको भनी त्यसको विगो९नोक्सान भएको रकम० छोराबाट भराउनुपर्ने माग छ ।

अपराधीसँगै अपराध मर्दछ भन्ने फौजदारी न्यायप्रणालीको सिद्धान्त हो । त्यसै अनुसार सामान्यतया दिवंगत भएको मानिसमाथि मुद्दा चल्दैन । तर दिवंगत भएको व्यक्तिले सार्वजनिक सम्पत्ति नोक्सान गरेको र त्यसको लाभ उसका उत्तराधीकारीहरुले लिएको देखेमा अख्तियारले मुद्दा चलाउने गरेको छ ।

यो विवादमा जोडिएको कम्पनी ‘चौतारामा प्रा।ली।’ हो, जसले राधेश्याम सर्राफसँगको मिलेमतो र योजनामा कम्पनीको नाममा हदबन्दीभन्दा बढी जगा राखेको अख्तियारको आरोप छ ।

काभ्रेको श्रीखण्डपुरमा ८३ रोपनी जग्गा दर्ता गरी चौतारामा प्रा।ली।ले भोगचलन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

हदबन्दीभन्दा बढीको जग्गा कम्पनीको नाममा पारित गराई गलत कागजात तयार पारेको भन्दै अख्तियारले त्यसमा कम्पनीका संस्थापक सदस्यहरु विश्वरत्न शाक्य र शेखर कुमार राणा अनि मिलेर गैरकानूनी लिखत तयार गर्ने काममा राधेश्याम सर्राफ पनि संलग्न रहेको आरोप लगाएको हो ।

सरकारीकरण हुनुपर्ने जग्गा सर्राफले कम्पनीमा हस्तान्तरण गरेको, निजी प्रयोजनमा ल्याएको राधेश्यामलाई पनि घटनामा संलग्न रहेको आरोप लाएको हो ।

५१ लाख रुपैयाँ भ्रष्टाचार गरेको निष्कर्ष सहित अख्तियारले उनलाई कसुरदार ठहर्‍याउनुपर्ने निष्कर्ष निकालेको हो । तर ८ चैत, २०७८ मा उनको मृत्यु भएको खुलेको भन्दै अख्तियारले उनका छोरा अरुण कुमार सर्राफलाई विगो भराउने प्रयोजनका लागि मुद्दामा प्रतिवादी बनाएको हो ।

तारागाउँ विकास समिति अन्तर्गतको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका सञ्चालक राधेश्याम तारागाउँको जगा लिज प्रकरणको विवादमा पनि मुछिएका छन् । उनको निधनपछि उनका छोराले होटल व्यवस्थापनको काम हेर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

सम्बन्धित

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ओली पक्राउ: कानुनी प्रक्रिया र विरोधबीच बढ्दो तनाव, एमालेको सडक प्रदर्शन शुरु

ओली टिचिङ अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com