काठमाडौं १८ जेठ । राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको ुसंयुक्त जनआन्दोलन समितिु का संयोजक नवराज सुवेदीले आइतबार विज्ञप्ति जारी गर्दै सोमबार काठमाडौं उपत्यका बन्द घोषणा गरेका छन् ।
‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौं। यसै क्रममा जेठ १९ (सोमबार) गते हामीले उपत्यका बन्द घोषणा गरेका छौं। उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरूलाई आह्वान गर्छु,’ विज्ञप्तिमा भनिएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन कदम विरूद्धमा सत्तारूढ दलमै रहेको उक्त समूहले आमहड्ताल गरेको थियो।
त्यस्तै संवैधानिक निकायहरूमा पनि अध्यादेशमार्फत आफूखुसी नियुक्ति गरेको विरोधमा आमहड्ताल घोषणा भएको थियो।
अहिले राजतन्त्र पुनर्स्थापना माग गर्दै राजावादी समूहले उपत्यका बन्द घोषणा गरेका हुन्।
आइतबार समिति नेतृत्वको प्रदर्शनमा सहभागी राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायतलाई प्रहरीले नियन्त्रणमा लिएर साँझ छोडिएको थियो ।
उनीहरूलाई नियन्त्रणमा लिएर अहिले छाडिसकेको प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए।
राप्रपा नेपालका कार्यकर्ताले भने अध्यक्ष थापाको रिहाइको माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला जलाएका थिए।








प्रतिक्रिया दिनुहोस्