ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बल्खु, सिफल र कोटेश्वर-बालकुमारीबाहेक ठाउँमा प्रदर्शन गर्न निषेध


abc news
जेष्ठ १८, २०८२ आईतबार  ८ : ०१ बजे

काठमाडौ १८ जेठ । सरकारले काठमाडौं उपत्यकाका तीन ठाउँबाहेक बाँकी ठाउँलाई प्रदर्शनलगायत विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफलचौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी क्षेत्र र बल्खु क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइने गरी निषेधित क्षेत्र घोषणा गरेको हो । तोकिएका यी क्षेत्रबाहेकमा अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी आदेशमा उल्लेख छ ।यसअघि नारायणहिटी संग्रहालय आसपास क्षेत्रलाई प्रशासनले निषेधित क्षेत्र घोषणा गरिसकेको छ । पछिल्लो समय राजसंस्था पुनस्थापनाको माग गर्दै राप्रपा, राप्रपा नेपाललगायत विभिन्न राजावादी दल र समूहले अनिश्चितकालीन आन्दोलन घोषणा गरेपछि प्रशासनले प्रदर्शन गर्ने क्षेत्रलाई खुम्च्याउँदै लगेको हो ।राजावादी दल तथा समूह जेठ १५ देखि आन्दोलनमा छन् । आइतबार पनि उनीहरुले नक्साल(नारायणचौर क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यसक्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरेको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ । थापालाई भेट्न गएका राप्रपा सांसद दीपकबहादुर सिंहलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भद्रकालीस्थित कार्यालय परिसरबाट नियन्त्रणमा लिएको छ ।
काठमाडौंका प्रजिअ तिवारीले निषेधित क्षेत्र तोकिएबाहेक प्रशासनको समन्वयमा हुने कार्यक्रमको हकमा सोहीअनुसार समन्वय गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सञ्चारमन्त्रीमा विक्रम तिमल्सिना

झण्डै दुई तिहाईको प्रधानमन्त्री बन्दै गरेका बालेनलाई चुनौती पनि दुई तिहाई

सम्बन्धित

बालेनको क्याबिनेटबाट अमरेश आउट

बालेन शाह प्रधानमन्त्री नियुक्त

सञ्चारमन्त्रीमा विक्रम तिमल्सिना

झण्डै दुई तिहाईको प्रधानमन्त्री बन्दै गरेका बालेनलाई चुनौती पनि दुई तिहाई

चैत्र शुक्ल नवमी: विधिपूर्वक मनाइँदै रामनवमी पर्व

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com