काठमाडौ १८ जेठ । नेकपा माओवादी केन्द्र का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गरेका छन् । आज आइतबार प्रज्ञाभवन कमलादीमा तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गरिएको हो ।सम्मेलनको नारा ‘सुशासन, सामाजिक न्याय, सम्वृद्धि र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन’ रहेको छ । सम्मेलन आगामी जेठ २० गते समापन हुने छ ।









प्रतिक्रिया दिनुहोस्