ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरीजंघा महोत्सव सम्पन्न, सोलुका कुलुङले जिते म्याराथन, “मिक्टा” उत्कृष्ठ चौरी


एबीसी न्यूज
बैशाख १७, २०८२ बुधबार  १० : ४२ बजे

ताप्लेजुङ, १७ वैशाख । प्रर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा आयोजित सिरीजंघा पर्यटन महोत्सव २ं०८२ भव्य रुपमा सम्पन्न भएको छ । महोत्सवको प्रमुख आर्कषणको रुपमा समुद्र सतहबाट ३३ सय ७ मिटरको उचाइमा रहेको कंचनजंघा साहसिक पदमार्गको नयाँ झोरनीमा आयोजित कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगितामा सोलुखम्बुका अर्जुन कुलुङ प्रथम, जुम्लाका धीरज बुढा द्धितिय र ताप्लेजुङका विभिषण लिम्बूले तेस्रो स्थान हासिल गर्न सफल भए । विजेता कुलुङलाई २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ, उपविजेता बुढालाई १ लाख ८ हजार ५ सय ८६ रुपैयाँ र तेस्रो हुने लिम्बूलाई ५८ हजार ५ सय ८६ रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र र ट्रफीसहित प्रदान गरिएको थियो । हाफ म्याराथनमा चौथोदेखि उत्कृष्ठ दसभित्र पर्न सफल धावकहरुले सान्त्वना पुरस्कारस्वरुप ८ हजार ५ सय ८६ रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे । विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशमा उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गाम, नेपाली कांग्रेस ताप्लेजुङ जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, नेकपा एमाले ताप्लेजुङ जिल्ला सचिव सन्तोष चाम्लिङ, सिरीजंघा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान, उपाध्यक्ष डा. चित्र मावो, प्रमुख प्रशासकिय अधिकृत डम्बरबहादुर आङदेम्बेसहित स्थानीय जनप्रतिनिधिहरुले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । सिरीजंघा गाउँपालिकाकै वडा नंं. ८ मा पर्ने विश्वको तेस्रो तथा नेपालको दोस्रो सर्वोच्च शिखर कंचनजंघाको उचाई ८,५८६ मिटरलाई प्रतिविम्वित गर्ने गरि नगद पुरस्कार राशीहरु निर्धारण गरिएको पालिकाका उपाध्यक्ष तथा सिरीजङ्घा पर्यटन महोत्सव सचिवालय समितिका संयोजक डा। चित्र मावोले जानकारी दिए। महोत्सवको अन्तीम दिन चौरी प्रवर्द्धन तथा प्रर्दशन कार्यक्रममा स्थानीय राजेश गुरुङको चौरी “मिक्टा”लाई उत्कृष्ठ चौरीका रुपमा २८ हजार ५ सय ८६ रुपैयाँसहित पुरस्कृत गरिएको थियो भने अन्य ३ जना किसानका चौरीलाई सान्त्वना पुरस्कारस्वरुप जनही ८ हजार ५ सय ८६ रुपैयाँ नगद पुरस्कारसहित सम्मानीत गरिएको थियो । गत बैशाख १३ देखि १५ गतेसम्म पहिलो पटक आयोजना गरिएको सिरीजंघा पर्यटन महोत्सवलाई आगामी बर्षमा पनि निरन्तरता दिने गाउँपलिकाले निर्णय गरेको अध्यक्ष लालकृष्ण चौहानले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

सम्बन्धित

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com