काठमाडौं १५ बैशाख । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरूको आन्दोलनमा सरकारले दमन गरेको भन्दै त्यसको भर्त्सना गरेको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद जनार्दन शर्माले शिक्षकहरूको माग सम्बोधन गर्नुको सट्टा सरकारले दमन गरिरहेको आरोप लगाएका हुन् ।
सरकारले शिक्षकका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहनुभएको छरुु उनको प्रश्न छ।
उनले पुराना ऐन र कानुनको कारण संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा बाधा पुगेको उल्लेख गरे। वर्तमान सरकारले शिक्षकका मागहरू सम्बोधन गरेर जानुपर्ने बेलामा तीन वटा सरकारले गरेका सम्झौताहरू कार्यान्वयन नगर्ने र धोका दिने काम गरिरहेको आरोप लगाए ।
उनले भने, शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरूको आन्दोलनमा सरकारले दमन गर्यो। आन्दोलन गरिरहेका शिक्षकहरूमाथि पानीको फोहोरा हान्दा दर्जनौं शिक्षकहरू घाइते हुनुभएको छ र आज अस्पतालमा उपचार गरिरहनु भएको छ। सरकारले शिक्षकका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहनुभएको छरु यसको म भत्सना गर्न चाहन्छु।
उनले संविधान निर्माणसँगै नयाँ ऐन बनाएर शिक्षालाई नयाँ दिशा दिनुपर्ने बताए । उनले भने, आजको देशको आवश्यकता र समयलाई मध्यनजर गर्दै नयाँ शिक्षा ऐन बनाउनु पर्थ्यो । पुराना ऐन र कानुनहरूको कारण आज संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा बाधा अडचनहरू भइरहेको छ। यस्तो बेलामा शिक्षकका मागहरू सम्बोधन गरेर जानुपर्ने बेलामा तीन वटा सरकारले गरेका सम्झौताहरू कार्यान्वयन नगर्ने, धोका दिने काम भइरहेको छ।
शिक्षकहरूको जायज मागहरू तत्काल सम्बोधन गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।







प्रतिक्रिया दिनुहोस्