ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलोनीको वासिङ्टन भ्रमण– ‘युरोपसँग व्यापार सम्झौता हुनेमा शतप्रतिशत विश्वास’: ट्रम्प


ABC News

काठमाडौं ५ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (ईयू)सँग व्यापार सम्झौता निश्चित रूपमा हुने बताएका छन्। उनले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको वासिङ्टन भ्रमणको क्रममा पत्रकारहरूसँग कुरा गर्दै यस्तो विश्वास व्यक्त गरेका हुन् ।

‘१००प्रतिशत व्यापार सम्झौता हुन्छ’ ह्वाइट हाउसमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, “१००प्रतिशत व्यापार सम्झौता हुन्छ। पक्कै पनि सम्झौता हुन्छ, उनीहरू (ईयू) धेरै चाहन्छन्, र हामी व्यापार सम्झौता गर्नेछौं। मलाई पूर्ण विश्वास छ, तर यो निष्पक्ष सम्झौता हुनेछ।” उनले थपे, “हामी व्यापारमा धेरै राम्रोसँग अघि बढिरहेका छौं। संयुक्त राज्य अमेरिकालाई विश्वका लगभग सबै देशहरूले फाइदा उठाए र ठगेका थिए। अब त्यस्तो हुनेछैन, तर हामी निष्पक्ष सम्झौताहरू गर्नेछौं।” फक्सन्यूजले उल्लेख गरेको छ।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको यो भ्रमण युरोपेली सङ्घमाथि लाग्ने कठोर शुल्कहरूमा ९० दिनको लागि गरिएको स्थगनको सन्दर्भमा भएको हो। यी शुल्कहरू जूनमा लागू हुन सक्छन्, तर ट्रम्पले त्यसअघि नै सम्झौता हुने विश्वास व्यक्त गरेका छन्। मेलोनीले अमेरिकालाई एक विश्वसनीय व्यापार साझेदारको रूपमा हेरेको बताइन्। उनले भनिन् “यदि मलाई अमेरिका विश्वसनीय साझेदार हो जस्तो लागेन भने म यहाँ हुने थिइनँ।”
मेलोनीले ट्रम्पलाई इटाली र युरोपको तर्फबाट व्यापार वार्तालाई अगाडि बढाउन बैठकहरूमा निम्तो दिने आफ्नो लक्ष्य रहेको बताइन्। उनले भनिन्, “हामीले खुलस्त रूपमा हाम्रा आवश्यकताहरूबारे कुरा गर्नुपर्छ र सबैका लागि उपयोगी हुने मध्यमार्ग खोज्नुपर्छ।” ृे

ट्रम्प प्रशासनले अप्रिल २ मा ऐतिहासिक शुल्क नीति घोषणा गरेको थियो, जसअन्तर्गत युरोपेली सङ्घका सामानहरूमाथि २०प्रतिशत शुल्क लगाउने योजना थियो। तर, अप्रिल ९ मा ट्रम्पले ९० दिनका लागि यी शुल्कहरूलाई स्थगित गर्दै १० प्रतिशत मा झारेका थिए ।

ह्वाइट हाउसका अनुसार, ७५ भन्दा बढी देशहरूले ट्रम्प प्रशासनसँग व्यापार सम्झौताका लागि सम्पर्क गरेको बताइएको छ। ट्रम्पले बुधबार जापानसँग व्यापारबारे छलफल भएको र अन्य धेरै देशहरूसँग वार्ता जारी रहेको बताए। यद्यपि, उनले तत्काल सम्झौता गर्न हतार नभएको पनि स्पष्ट पारे। उनले भने, “हामी कुनै हतारमा छैनौं।”
ट्रम्प र मेलोनीको सम्बन्ध
ट्रम्पले मेलोनीको नेतृत्वको प्रशंसा गर्दै उनलाई “उत्कृष्ट प्रधानमन्त्री” र “इटालीमा शानदार काम गर्ने” नेता भनेका छन्। मेलोनीले जनवरीमा ट्रम्पको मारएलागो रिसोर्ट भ्रमण गरेकी थिइन्, र ट्रम्पले उनलाई आफ्नो सपथ समारोहमा पनि निम्तो दिएका थिए।
मेलोनी, इटालीको दक्षिणपन्थी ब्रदर्स अफ इटाली पार्टीकी नेतृ हुन्, उनी ट्रम्पसँग वैचारिक रूपमा नजिक मानिन्छन्, विशेष गरी आप्रवासन र अन्य सामाजिक मुद्दाहरूमा। उनले आफ्नो भ्रमणलाई युरोप र अमेरिका बीचको व्यापार तनाव कम गर्न पुलको रूपमा प्रयोग गर्न खोजिरहेकी छन्।

मेलोनीले युरोपेली सङ्घमाथि लगाइएको शुल्कलाई समर्थन नगर्ने बताएकी छन् र इटालीका व्यवसायहरूको संरक्षण गर्न “सबै उपकरणहरू” प्रयोग गर्ने तयारीमा रहेको बताएकी छन्। इटाली, जसको अमेरिकासँग सन् २०२४ मा ४३.९ बिलियन डलरको व्यापार अधिशेष थियो । इटली युरोपेली सङ्घको तेस्रो ठूलो निर्यातकर्ता हो। मेसिनरी, औषधि, सवारी साधन, फेसन, र खाद्य पदार्थहरू इटालीका प्रमुख निर्यात वस्तुहरू हुन्।
मेलोनीले युरोपेली सङ्घको तर्फबाट “शून्य–का–लागि–शून्य” शुल्क सम्झौताको पक्षमा वकालत गर्दै दुवै पक्षका शुल्कहरूलाई हटाउउनु पर्ने बताएकी छन्। उनले ट्रम्पसँगको छलफलमा इटालीले अमेरिकी ऊर्जा (विशेष गरी तरल प्राकृतिक ग्यास) को आयात बढाउन सक्ने सम्भावना पनि उठाउने अपेक्षा गरिएको छ। ृे

चीनसँगको सम्बन्धबारे ट्रम्पको अडान
पत्रकारहरूले अमेरिकी शुल्कहरूले युरोपेली सहयोगीहरूलाई चीनसँग नजिक बनाउने भन्दै सोधेको प्रश्नमा ट्रम्पले त्यस्तो सम्भावनालाई खारेज गरे। उनले भने, “कसैले हामीसँग प्रतिस्पर्धा गर्न सक्दैन।” उनको यो भनाइले अमेरिकाको आर्थिक प्रभुत्वमा उनको विश्वास झल्काउँछ।

मेलोनीको भ्रमणपछि इटाली फर्किएर उनले शुक्रबार रोममा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेट गर्नेछिन्। भान्सले इटाली र भारतको भ्रमणका क्रममा “साझा आर्थिक र भूराजनीतिक प्राथमिकताहरू” मा छलफल गर्ने अपेक्षा गरिएको छ। भान्स दम्पत्तिले अप्रिल २१ देखि ४ दिने भारत भ्रमण गर्ने ह्वाइटहाउसले जनाएको छ ।
यसैबीच, युरोपेली सङ्घले ट्रम्पको शुल्क नीतिका जवाफमा २१ बिलियन युरो २३.८ बिलियन डलर मूल्यका अमेरिकी निर्यातहरूमा २५प्रतिशत प्रत्युत्तर शुल्क लगाउने तयारी गरेको छ, तर हाललाई यो स्थगित गरिएको छ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले वार्तालाई अवसर दिन चाहेको बताएकी छन् । यदि वार्ता सन्तोषजनक नभएमा प्रत्युत्तर शुल्क लागू हुने उनले चेतावनी दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com