ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजतन्त्रको विरासत काटमार र उछृंखलता होः पन्त, जेपायो त्यही नबोल्न शाहीको चेतावनी


ABC News

काठमाडौं ३ चैत,। संसद्‌मा नेकपा एमालेका र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसदहरूबीच सवालजवाफ भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले राजतन्त्रका इतिहासबारे टिप्पणी गर्दैगर्दा राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रतिवाद गर्न खोजेपछि केहीबेर सवालजवाफ चलेको हो ।

एमाले सांसद पन्तले राजतन्त्रका इतिहास कोट्याउँदै विभिन्न राजाहरूले देश र विदेशमा घटाएका घटनाहरूबारे बोलेका थिए ।

उनले रणबहादुर शाह, राजेन्द्रविक्रम शाह, त्रैलोक्य विक्रम शाह हुँदै राजा त्रिभुवनसम्मकाबारेमा टिप्पणी गरे ।

‘‘रणबबहादुर शाहको उपद्रव हेरौं । दरबारमा जेठी र कान्छि रानीको लडाईंले गर्दा भीमसेन थापा र दामोदर पाण्डेजस्ता देशभक्त काटिए । राजेन्दविक्रम शाहको पालामा कसले कोत पर्व घटायो ? ,’ पन्तले भनेका छन्, ‘जेठो युवरालाई मारेर त्यसलाई हटाएर आफ्नो छोरालाई युवराज बनाउन कान्छि रानीले षड्यन्त्र गर्दा कोतपर्व जन्मिएको होइन ? त्रैलोक्य विक्रम युवराज छँदाछँदै कसले विष खुवाएर मार्‍यो दरबारमा ? जनताले ?’

सोही सिलसिलामा उनले राजा त्रिभुवनले भारतको कलकत्ताका क्लबहरूमा विभिन्न ‘रसरंग’ मच्चाएको, भारतीय पत्रिकादेखि तत्कालीन प्रधानमन्त्रीसमेतले टिप्पणी गर्न बाध्य भएको जिकिर गरे ।

‘‘त्रिभुवनलाई हेर्नुस् । दिल्ली त गए, तर कलकत्ताका क्लबहरूमा विभिन्न थरीका आइमाइहरूसँग रसरंग मच्चाउन थालेपछि भारतीय पत्रिकाहरूले टिप्पणी गरे । र भारतका प्रधानमन्त्रीले बाध्य भएर बोले,’ पन्तले भनेका थिए, ‘यो नेपालको राजाको तरिका ठिक भएन भनेर । राजा त्रिभुवनले काँधमा बोकेर देशमा ल्याएर राजा बनाइयो । त्यो लोकतन्त्रलाई उनका छोराले खोसे ।’

उनले यति बोल्दाबोल्दै राप्रपा सांसद शाहीले नियमापत्ति गरे ।

सांसद शाहीलाई डिस्टर्ब नगर्न पन्तले आग्रह गरे ।

शाही चुप नलागेपछि उनले इतिहास पढेर आफूसँग बहसमा उत्रन आग्रह गरे ।

‘म इतिहासबाट सावित गरेर देखाइदिन्छु । इतिहासका अंश पढेर आउनुस् । मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने । जुम्लामा हाहु गरेर आएको जस्तो होइन । इतिहास पढेर आउ,’ उनले भने ।

लगत्तै सांसद शाहीले भने, ‘जे पायो त्यही बोल्न पाइन्छ ?’

जवाफमा पन्तले भनेका छन्, ‘के बोल्न पाइन्छ मलाई थाहा छ ।’

सांसद शाहीले आफ्नो काटिएको समय उपलब्ध गराउन सभामुख देवराज घिमिरेलाई आग्रह गरे ।

त्यतिकैमा फेरि राप्रपा सांसद शाहीले प्रश्न गरे, ‘प्रमाण छ ?’

पन्तले जवाफमा भनिदिए, ‘इतिहास पढेर आउने, म सँग बहस गर्न आउने, मिस्टर । माननीय जी । इतिहास पढेर आउने ।’

त्यसपछि सभामुख घिमिरेले व्यवस्था अनुसार नै खण्डन गर्न आग्रह गरे ।

‘हाम्रो यहाँको प्रबन्ध, व्यवस्था र नियमावलीको आधारमा अभिव्यक्ति दिन्छौं । माननीय सदस्यले राष्ट्रको अगाडि बोलिरहँदा तथ्य, तर्कमा आधारित भएर बोल्नुपर्छ भन्ने विषयमा माननीय सदस्यहरू जानकार हुनुहुन्छ,’ उनले भने, ‘केही सदस्यलाई असहमत हुनसक्छ, झुटो लाग्नसक्छ । त्यसलाई हामीले तय गरेको व्यवस्था अनुसार नै खण्डन गर्नुपर्छ ।’

सभामुख घिमिरेले आफ्नो गरिमा राखेर बोल्न सांसहरूलाई आग्रह गर्दै सांसद पन्तको काटिएको समय थप हुने बताए ।

पन्तले भने, ‘मेरो काटिएको १० १२ मिनेट छ, प्लस होस् । प्रष्ट कुरा ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com