ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको ‘५१औं राज्य’ क्यानडा भन्ने कुरा कसरी घातक रूपमा गम्भीर मानियो ?


ABC News

राष्ट्रपति ट्रम्पले फेब्रुअरीको सुरुमा भएको फोनमा दुई देशबीचको सीमा सन्धिलाई चुनौती दिंदै जस्टिन ट्रुडोलाई साझा पानी सम्झौता मन नपरेको बताएका थिए ।

“यूएसए क्यानडा सीमा” लेखिएको एउटा संकेत। टाढा एउटा शहर देखिन्छ। क्यानडाली अधिकारीहरूले सुरुमा ट्रम्पले क्यानडालाई “५१औं राज्य” भनेर उल्लेख गर्दा ठट्टा गरेको ठानेका थिए, तर पछि उनी निकै गम्भीर भएकोमा डराउन थाले। श्रेयः जेसन रेडमन्ड÷एजेन्स फ्रान्स–प्रेस — गेटी इमेजेज

मार्च ७ : राष्ट्रपति ट्रम्पले मंगलबार क्यानडामाथि भन्सार शुल्क लगाएपछि, प्रधानमन्त्री जस्टिन ट्रुडोले त्यस क्षणको हलचलमा धेरै हदसम्म हराएको असाधारण वक्तव्य दिए । “आज उनले यी भन्सार शुल्कहरूको लागि दिएको बहाना फेन्टानाइलको कुरा पूर्ण रूपमा झूटो, पूर्ण रूपमा अनुचित, पूर्ण रूपमा गलत छ,” ट्रुडोले ओटावामा समाचार मिडियालाई बताए ।
“उनले(ट्रम्पले) चाहेको कुरा भनेको क्यानडाको अर्थतन्त्रको पूर्ण पतन हो, किनभने त्यसले हामीलाई कब्जा गर्न सजिलो बनाउँछ,” उनले थप व्याख्या गरे ।

कसरी ट्रुडोले डिसेम्बरको सुरुमा ट्रम्पले उनलाई “गभर्नर” र क्यानडालाई “५१औं राज्य” भन्दै ठट्टा गरेको ठानेर सुरु गरे कथा बताइरहेका थिए । तर ट्रम्पले सार्वजनिक रूपमा पछि यो कुरा व्यक्त गरेर क्यानडाको सबैभन्दा नजिकको सहयोगी र छिमेकीले देशलाई कुचल्ने र कब्जा गर्ने रणनीति लागू गरिरहेको छ भन्ने देखाएको छ ।

फेब्रुअरीका कलहरू
ट्रम्प र ट्रुडोले फेब्रुअरी ३ मा दुई पटक कुरा गरे, एक पटक बिहान र फेरि दिउँसो, क्यानडाली निर्यातमा भन्सार शुल्क रोक्ने छलफलको हिस्साको रूपमा कुरा भएका थिए ।

तर ती फेब्रुअरीको सुरुका कलहरू केवल भन्सार शुल्कको बारेमा मात्र थिएनन्।
दुई नेताहरूबीचको कुराकानीको विवरण, र त्यसपछिका अमेरिकी र क्यानडाली शीर्ष अधिकारीहरूबीचको छलफल, यसअघि पूर्ण रूपमा रिपोर्ट गरिएको थिएन, द न्यूयोर्क टाइम्ससँग चार जना व्यक्तिहरूले गोप्य रूपमा साझा गरेका छन, यी कुराकानीको उनीहरुलाई प्रत्यक्ष जानकारी थियो। उनीहरूले संवेदनशील विषयमा सार्वजनिक रूपमा पहिचान दिन चाहेनन्।

राष्ट्रपति ट्रम्पले क्यानडाको संरक्षित डेरी क्षेत्रसहित व्यापार सम्बन्धमा आफ्ना धेरै गुनासाहरू राखेका छन्। श्रेयः क्रिस्टिन मुस्ची/द क्यानेडियन प्रेस, एसोसिएटेड प्रेस

ती कलहरूमा, राष्ट्रपति ट्रम्पले दुई देशबीचको व्यापार सम्बन्धमा आफ्ना धेरै गुनासाहरू राखे, जसमा क्यानडाको संरक्षित डेरी क्षेत्र, अमेरिकी बैंकहरूले क्यानडामा व्यापार गर्न कठिनाइ भोगोको र क्यानडाको उपभोग करहरू समावेश समेतमा । ती कुराका कारण अमेरिकी सामानहरू महँगो बनाउने भएकाले ट्रम्पले अनुचित ठाने।

उनले एउटा धेरै आधारभूत कुरा पनि उठाए।

उनले ट्रुडोलाई दुई देशबीचको सीमा निर्धारण गर्ने सन्धिलाई मान्य ठान्दैनन् र सीमालाई संशोधन गर्न चाहन्छन् भन्ने पनि बताए । तर उनले थप व्याख्या दिएनन्।
ट्रम्पले उल्लेख गरेको सीमा सन्धि सन् १९०८ मा स्थापित भएको थियो र त्यसबेला बेलायती अधिनस्थ रहेको क्यानडा र संयुक्त राज्य अमेरिकाबीचको अन्तर्राष्ट्रिय सीमा अन्तिम रूपमा तय भएको थियो।

ट्रम्पले दुई देशबीचका ताल र नदीहरूको बाँडफाँडको बारेमा पनि पुनर्विचार गर्नु पर्नेउल्लेख गरे, जुन विभिन्न सन्धिहरूद्वारा नियन्त्रित छ, यो विषयमा उनले विगतमा पनि चासो व्यक्त गरेका थिए।
क्यानडाली अधिकारीहरूले ट्रम्पका टिप्पणीहरूलाई गम्भीर रूपमा लिएका छन् । किनभने उनले पहिले नै सार्वजनिक रूपमा क्यानडालाई घुँडा टेकाउन चाहेको बताइसकेका थिए । जनवरी ७ मा, सपथ लिनुअघि, न्यूयोर्क टाइम्सका एक पत्रकारको प्रश्नको जवाफमा ट्रम्पले क्यानडालाई कब्जा गर्न सैन्य बल प्रयोग गर्ने योजना बनाएको हो कि भनेर सोध्दा उनले “आर्थिक बल” प्रयोग गर्ने योजना बनाएको बताएका थिए। ह्वाइट हाउसले टिप्पणीको लागि अनुरोधको गरिएकोमा जवाफ दिएन।

दोस्रो फेब्रुअरी ३ को कलमा, ट्रुडोले ती भन्सार शुल्कहरू एक महिनाको लागि स्थगित गर्न सफल भए ।

यो हप्ता, मंगलबार अमेरिकी भन्सार शुल्कहरू नयाँ राहत बिना लागू भए । क्यानडाले जवाफमा अमेरिकी निर्यातमा आफ्नै भन्सार शुल्क लगायो, जसले दुई देशलाई व्यापार युद्धमा धकेल्यो। (बिहीबार, ट्रम्पले क्यानडालाई धेरैजसो भन्सार शुल्कहरूमा एक महिनाको निलम्बन दिएका छन्।)
ट्रम्प र ट्रुडोबीचको फुटको झलक र ट्रम्पको क्यानडाप्रतिको आक्रामक योजनाहरू विगत केही महिनादेखि प्रकट हुँदै गएका छन्।

एक क्यानडाली समाचारपत्र द स्टारले रिपोर्ट गरे अनुसार ट्रम्पले फेब्रुअरीको सुरुको कलमा १९०८ को सीमा सन्धिको उल्लेख गरेका थिए र कुराकानीमा अन्य विवरणहरू पनि दिएका थिए। र फाइनान्सियल टाइम्सले रिपोर्ट गरे अनुसार ह्वाइट हाउसमा क्यानडालाई पाँच राष्ट्रहरूको महत्वपूर्ण गुप्तचर गठबन्धनबाट हटाउने बारे छलफल भइरहेको छ, जसलाई ट्रम्पका वरिष्ठ सल्लाहकारसँग जोडिएको छ ।

अल्बर्टाको काउट्स पूर्वमा क्यानडा–अमेरिका सीमा चिन्हित गर्ने एउटा सानो ओबिलिस्क। श्रेयः एम्बर ब्र्याकेन फर द न्यू योर्क टाइम्स

दोहो¥याइ
तर यो केवल राष्ट्रपति ट्रम्पले ट्रुडोसँग सीमा र पानीको बारेमा कुरा गरेको मात्रले क्यानडाली पक्षलाई विचलित बनाएको थिएन ।
क्यानडालाई ५१औं राज्य र ट्रुडोलाई यसको गभर्नरको रूपमा निरन्तर सामाजिक सञ्जालमा गरिएको उल्लेखले क्यानडाली सरकारभित्र र व्यापक रूपमा चिन्ता बढाएको थियो।
ट्रम्पका टिप्पणीहरू सबै ठट्टा वा क्यानडालाई व्यापार वा सीमा सुरक्षामा सम्झौता गर्न दबाब दिने वार्ता रणनीति हुन सक्छन् भन्ने ठानिए पनि, क्यानडाली पक्षले अब त्यसलाई त्यस्तो ठान्दैन।
ट्रम्प प्रशासनले सम्बन्धलाई नजिकबाट र आक्रामक रूपमा हेरिरहेको छ भन्ने बुझाइ, उनको कब्जाको धम्कीसँग मेल खान्छ, त्यसपछिका ट्रम्पका शीर्ष अधिकारीहरू र क्यानडाली समकक्षीहरूबीचको कलहरूमा गहिराइमा पुगेबाट स्पष्ट हुन्छ ।
यसैबीच एउटा कल वाणिज्य मन्त्री हावर्ड लुटनिक (त्यो समयमा सिनेटद्वारा पुष्टि भएका थिएनन्) र क्यानडाका वित्तमन्त्री डोमिनिक लेब्लान्कबीच भएको थियो । यी दुई व्यक्तिहरू नियमित रूपमा सम्पर्कमा थिए, उनीहरूले मार–ए–लागोमा, ट्रम्पको फ्लोरिडास्थित घर र क्लबमा, ट्रुडोको डिसेम्बरको सुरुको भ्रमणमा भेटेको समयदेखि नै । ।

लुटनिकले नेताहरूले फेब्रुअरी ३ मा कुरा गरेपछि लेब्लान्कलाई फोन गरे र विनाशकारी सन्देश दिए, कलको जानकारी भएका धेरै व्यक्तिहरूका अनुसारः उनले भने, ट्रम्पले, संयुक्त राज्य अमेरिका र क्यानडाबीचको सम्बन्ध धेरै सम्झौता र सन्धिहरूद्वारा शासित भएको बुझेका छन्, जसलाई छोड्न सजिलो छ । ट्रम्प त्यसै गर्न इच्छुक थिए, लुटनिकले भने।
उनले क्यानडालाई फाइभ आइज भनिने गुप्तचर साझेदारी समूहबाट बाहिर निकाल्न चाहन्थे जसमा बेलायत, अष्ट्रेलिया र न्यूजील्याण्ड पनि समावेश छन्।
उनले ग्रेट लेक्स सम्झौता र दुई देशबीचका कन्भेन्सनहरू भत्काउन चाहन्थे जसले सुपेरियर, मिशिगन, ह्युरन, एरी र ओन्टारियो तालहरू कसरी साझा गर्छन् र व्यवस्थापन गर्छन् भनेर निर्धारण गर्छ ।
यसका साथै उनले दुई देशबीचको सैन्य सहयोगको पनि समीक्षा गरिरहेका छन्, विशेषगरी नर्थ अमेरिकन एरोस्पेस डिफेन्स कमान्ड (एनओआरएडी) को बारेमा।

ट्रुडोले सन् २०२२ मा कोलोराडोमा नर्थ अमेरिकन एरोस्पेस डिफेन्स कमान्डको भ्रमण गरेका थिए । ट्रम्पले दुई देशबीचको सैन्य सहयोगको समीक्षा गरिरहेका छन्। श्रेयः सीन किलप्याट्रिक/द क्यानेडियन प्रेस, एसोसिएटेड प्रेस

लुट्निकका प्रवक्ताले टिप्पणीको लागि गरिएको अनुरोधको जवाफ दिएनन्। उतालेब्लान्कका प्रवक्ताले टिप्पणी गर्न अस्वीकार गरे । त्यसपछिका वरिष्ठ क्यानडाली अधिकारीहरू र ट्रम्प सल्लाहकारहरूबीचको सम्पर्कमा, यी विषयहरूको सूची बारम्बार उठिरह्यो, जसले क्यानडाली सरकारलाई तिनीहरूलाई खारेज गर्न गाह्रो बनायो।
नर्भस शान्त गर्ने एकमात्र कुरा विदेशमन्त्री मार्को रुबियोबाट आएको छ, यो विषयमा जानकारी भएका चार व्यक्तिहरूले बताएका छन् । रुबियो धम्की दिनबाट जोगिएका छन्, र हालै संयुक्त राज्य अमेरिकाले सैन्य सहयोग खारेज गर्न खोजिरहेको छ भन्ने विचारलाई उनले खारेज गरे ।
तर क्यानडाका राजनीतिज्ञहरू सबै क्षेत्रमा र क्यानडाली समाज व्यापक रूपमा चिन्तित र गहिरो तनावमा छन्। अधिकारीहरूले ट्रम्प प्रशासनको धम्कीलाई हल्का ठान्दैनन् उनीहरूले संयुक्त राज्य अमेरिकासँगको नयाँ सामान्य अवस्था देख्छन् ।
बिहीबार, एउटा पत्रकार सम्मेलनमा, एक पत्रकारले ट्रुडोलाई सोधेः “तपाईंको विदेशमन्त्रीले हिजो यी सबैलाई मनोवैज्ञानिक नाटकको रूपमा चित्रण गर्नुभयो। तपाईं यसलाई कसरी चित्रण गर्नुहुन्छ?”
“बिहीबार,” ट्रुडोले दुखी हाँसोका साथ जवाफ दिए ।

न्यूयोर्क टाइम्सबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com