देवदह । रुपन्देहीको देवदहमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयको २३ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताको उपाधि सेभेन स्टार ई.बो.स्कुलले जितेको छ ।
प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय मावि दोस्रो, कान्ति मा.वि तेस्रो र एभरेष्ट ई. बो. स्कुलले सान्त्नवना स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र सान्त्नवना हुनेलाइ क्रमश नगद १० हजार रुपैयाँ, ७ हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।
प्रतियोगितामा सहभागी १८ विद्यालय मध्ये न्यु होराईजन मा.वि, ग्रीन प्लान्ट आवसिय मा.वि, एभरेस्ट ईङ्लिस बोर्डिङ स्कुल, कान्ति मा.वि, सेभेन स्टार ई.बो.स्कुल र स्कोलार्स होम स्कुल दोस्रो चरणमामा प्रवेश गरेका थिए ।
हाजिरी जवाफमा पछिल्लो प्रविधिको प्रयोगसहित प्रश्नोत्तर गरिएको थियो । विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद गैरेले बुद्ध पब्लिक आवासिय माविले आयोजना गर्ने जिल्ला स्तरीय हाजिरीजवाफ लुम्बिनी प्रदेशमै नमुना हुँदै आएको बताए ।
कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी बनाउन सकेमा शैक्षिक संगै व्यवहारिक ज्ञान समेत वृद्धि हुने बताए । “विद्यालयमा हुने अतिरिक्त क्रियाकलापले विद्यार्थीको चौतर्फी विकासमा महत्वपुर्ण भूमिका खेल्छ ।” प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भने, देवदहका विद्यालयले अतिरिक्त क्रियाकलापमा गरेको लगानी उल्लेखनिय छ ।”
कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जयकिशन अधिकारीको अध्यक्षता र शिक्षक ढुण्डीराज मरासिनीको सञ्चालनमा कार्यक्रममा इप्सा तथा प्याव्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङ लगायतले बोलेका थिए ।








प्रतिक्रिया दिनुहोस्