ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुर्पक्षमा थुनामा रहेका देवकुमारले बागलुङमा एसपीकै अगाडि गरे भाषण


ABC News

बागलुङ —२८ माघ सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीले कारागारबाट निस्केर बचतकर्ताबीच भाषण गरेका छन् ।

आइतबार सहकारी पीडित संघर्ष समितिले बचतकर्ताको रकम फिर्ता तयारी गरेको थियो । सोही समयमा कारागारबाट निस्केर आई उनले तीन सयभन्दा बढी बचतकर्ता माझ रकम फिर्ता दिने बताएका थिए । ‘म सुकुम्बासी भएर पनि जनताको पैसा फिर्ता गर्छु,’ उनले भने, ‘परिस्थिति नमिलेर म भित्र बसेको हो, अब छिट्टै तपाईंहरूले पैसा पाउनुहुन्छ ।’ १ हजार ५ सय ४३ बचतकर्ताले रकम ठगी गरेको आरोपमा जाहेरी दिएपछि अदालतले नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । नेपालीले १ अर्ब ५४ करोड बचतकर्ताको रकम ठगी गरेको आरोप छ ।

आइतबार कसको अनुमतिले नेपाली कारागारबाट निस्केर भाषण गर्न आइपुगे भन्नेबारे पनि स्थानीय प्रशासन अनभिज्ञ छ ।जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद उपाध्याय बिदामा भारत भ्रमणमा गएका छन् । प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले भने उक्त घटना जानकारी नै नपाएको बताए । ‘कारागारमा बसेको थुनुवा बाहिर आएर बोल्ने अवसर पाउन नहुने हो, के भएको हो, म बुझ्दैछु,’ सुवेदीले भने, ‘यो गम्भीर कुरा भयो ।कारागार ऐन(२०७९ को दफा १७ मा भेटघाटका लागि नातेदार र नजिकका आफन्त तथा थुनुवाले तोकेका कानुन व्यवसायीलाई विशेष सुरक्षा व्यवस्था गरेर कारागार प्रशासनले कारागारभित्रै भेट्न व्यवस्था मिलाउन पाउने व्यवस्था गरेको छ । त्यसबाहेक भेट्न आउनेहरूले पनि तोकिएको सुरक्षा व्यवस्था र सर्त पालना गर्नुपर्ने उल्लेख छ । दफा १८ को उपदफा ५ मा विशेष भेटघाट भए पनि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउनु पर्ने उल्लेख छ ।तर उनी अदालत अगाडी आएर कसरी बोले र कस्ले बोल्न लगयो यस विषयमा बुझेर मात्र जवाफ दिने सुबेदीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com