ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा आजदेखि आहा रारा गोल्डकप


एबीसी न्यूज

काठमाडौं २२ माघ । २४ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि पोखरामा सुरु हुदैछ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्। पोखरा रगंशालामा हुने खेल दिउँसो २ बजेपछि सुरु हुनेछ।

आहा रारा गोल्डकपको सर्वाधिक सफल क्लब पुलिस क्लब पहिलो खेलमा नै घरेलु टोलीलाई स्तब्ध पार्दै उपाधि होड बलियो बनाउन चाहान्छ।

उता सहारा भने बलियो टोली पुलिसलाई हराउँदै सुखद सुरुवातको योजनामा छ।

प्रतियोगितामा यसअघिको पाँच भेटमा पुलिसँग सहारा पराजित भएको छ। सहारा आज त्यो सबै हारलाई बिर्सेर नयाँ सुरुवातको योजनामा छ।

सहारा सुशिल लामाको कप्तानीमो मैदान उत्रनेछ। पुलिस क्लबको नेतृत्व भजे राम वाजीले गर्नेछन्।

१२ टोली सहभागी हुने प्रतियोगितामा उज्वेकिस्तानको ब्ल्याक बुल्ससहित ‘ए’ डिभिजन टोलीका साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, मछिन्द्र, एनआरटी, चर्च ब्वाइज, संकटा क्लब, र नेपाल पुलिस क्लब छन्। यस्तै आयोजना सहारा, एपीएफ, बिग्रेड ब्वाइज युके र भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडले पनि प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगितामा प्रिक्वार्टरफाईनलका खेल हेर्न साधारणतर्फ १ सय र भीआईपीतर्फ २ सय रुपैयाँ टिकटदर तोकिएको छ। सेमिफाइनलमा साधारणतर्फ दुईसय र भीआईपीतर्फ चारसय रुपैयाँ लाग्नेछ।

फाइनलका दिन साधारणतर्फ तीनसय र भीआईपीतर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको छ। प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेता टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com