ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई करोडको सट्टेवाजी खेलाएको आरोपमा दुईजना पक्राउ


एबीसी न्यूज
माघ १४, २०८१ सोमबार  ६ : १७ बजे

काठमाडौं १४ माघ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २ करोड रुपैयाँ बराबरको अनलाइन जुवा सट्टेवाजी गराएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाँउपालिका–९ घर भई हाल काठमाडौंको बाफल बस्ने वर्ष ४८ को राज प्रकाश श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिका–१३ घर भई हाल सोह्रखुट्टे बस्ने वर्ष २३ को हरिचन्द्र भुजेल रहेका छन्।

मन्त्र१०८ नामक वेवसाइटमार्फत सट्टेवाजी गराई रकम संकलन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटी गएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न रहेका उनीहरुलाई नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा बैंक खाता तथा बिनान्स आईडी प्रयोग गरी हाल सम्म २ करोड ४१ हजार ६३६ रुपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

निजहरुको शरीर तथा कोठा खानतलासी गर्दा विभिन्न सामानहरू समेत बरामद भएको प्रहरीको भनाई छ।

निजहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ ९क० १ अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रहरीले उनीहरूबाट विभिन्न मोडेलका मोबाइल सेट थान–४, कम्प्यूटर थान–१, एनसेल सिमकार्ड थान–५०, एनटीसी सिमकार्ड थान–९, विभिन्न व्यक्तिहरूको नाममा रहेका एटीएम कार्ड थान–२७, डायरी थान– ५, चेकबुक थान–७, नगद रु ९० हजार बरामद गरेको सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय सभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावमा कुन सांसदले के भने ?

सम्बन्धित

राष्ट्रिय सभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध आयो ‘अतिगोप्य’ उजुरी

ट्रम्प-सी शिखर भेट : ताइवान मुद्दामा सीको चेतावनी, ट्रम्पको प्रशंसा

ट्रम्पले बारम्बार भने : राष्ट्रपति सी महान् नेता हुन्

नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावमा कुन सांसदले के भने ?

संविधानका अक्षरहरू बहुमतको गणितले मात्रै कोरिन हुँदैन : सुहाङ नेम्वाङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com